Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

गुरूङ चलचित्र मिग्ली पोखरामा प्रदर्शन हुदै

देवीजंग तमु / एचकेनेपाल डट कम-
पोखरा, ३ चैत्र । मेप्राङ्ग फिल्म प्रोडक्सनको दोश्रो प्रस्तुति गुरुङ भाषा र सँस्कृतिमा आधारित गुरुङ चलचित्र मिग्ली अर्थात आँसुको शनिवार पोखरा सभागृह हलमा विशेष प्रदर्शन गर्ने भएको छ।

लाहुरेप्रथा र प्रेमकथालाई आधार बनाई निर्माण गरीएको चलचित्र मिग्लीको शनिवार विहान ९ वजे, १२ वजे र ३ वजेगरी पोखरा सभागृह हलमा ३ शो गर्न लागेको चलचित्रका निर्माता एवम् नायक राजु गुरुङले जानकारी दिए।

कास्कीको मेप्राङ्ग, मोहरिया, साततालको वगैचा लेखनाथ तथा कास्कीको पर्यटकीय गाउँ सिक्लेस लगायतका स्थानहरुमा छायाङ्कन गरिएको चलचित्रमा राजु गुरुङ, विष्णु गुरुङ, जस्सु गुरुङ, लक्ष्मी गुरुङ, देवी गुरुङ, हिमान्सु गुरुङ सिक्लेस, खुशीमान गुरुङ र वीर माया गुरुङलगायतका कलाकारहरुले अभिनय गरेका छन्।

८ लाखको लागतमा निर्मित चलचित्र मिग्लीमा रामबजार निवासी राजु गुरुङ, लेखनाथ सैनिकवस्ती निवासी राजु गुरुङ र तल्लो गगनगौडा लेखनाथ निवासी ओम गुरुङ निर्माता छन्।

दिपकमान उदासले छायाङ्कन गरेको चलचित्र मिग्लीमा रोशन गुरुङको रचनामा रहेका गीतहरु गायक धन वहादुर, र गायिकाद्वय शान्ती गुरुङ र कुसुम गुरुङले स्वर दिएका छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by