बासु पौडेल / एचकेनेपाल डट कम-
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ह्युस्टन च्याप्टरले २०० औ भानु जयन्तीको अबसरमा “भानु बर्ष २०१३” महोत्सब यही अगस्ट ४ तारिख आइतबारको दिन बिबिध साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरुको साथै मनाएको छ।

सोही कार्यक्रममा श्रीमती गंगा लिगलद्वारा लिखित “गंगाको यात्रा” नियात्रा संग्रहको बिमोचन सम्पन्न भयो। उक्त कार्यक्रमको सभापतित्व संस्थाका संस्थापक अध्य्क्ष श्रीमती गंगा लिगल र प्रमुख अतिथि साहित्यकार श्री केदार नाथ खनालबाट भएको थियो भने कार्यक्रम संचालन सचिव बासु पौडेल र सतिश त्रिपाठीले गर्नु भएको थियो। कार्यक्रममा शेष शर्माले स्वागत भाषण र कमल मणि पन्थीले ह्युस्टन च्याप्टरको एक बर्षको प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।

सोही अबसरमा यस संस्थाद्वारा संचालित बाल बिकास पाठशालामा स्वयंसेविका शिक्षिकाको रुपमा सेवा गरिरहनु भएका सरिता आचार्य र बिद्या गौतमलाई सम्मान गरिएको थियो भने अनेसास भानु बर्ष २०१३ को लुम्बिनी अञ्चल पुस्तक पुरस्कारमा विजयी घोषित भएकी गंगा लिगललाई अनेसास हुस्टन च्याप्टरका सम्पूर्ण पदाधिकारीहरुले विजयोत्सव मनाएर सम्मान गर्नुका साथै बधाई ज्ञापन गरेका थिए।

यसै कार्यक्रममा गरिएको कबिता प्रतियोगितामा अमृत कंडेलको “आमाको माया” प्रथम, कमल वाग्लेको “सत्यको खोजी” दोश्रो तथा उमा शर्माको कबिता तृतीय भएको थियो। अप्रतियोगी कबिताको रुपमा उषा पन्थी, सन्तोष अर्याल, टंक खरेल, राम कुँवर र मुना पौडेलले कबिता बाचन तथा लक्ष्मण कंडेल र सतिश त्रिपाठीले गजल बाचन गर्नु भएको थियो।

सांस्कृतिक कार्यक्रम अन्तर्गत बाल बिकास पाठशालाका भाई बहिनीहरु (प्रभब गौतम, बिशेष पौडेल, स्मृधि सुबेदी, प्रसंशा गौतम, सबिकी ढुंगाना र अनुश्री पोख्रेल) का साथै निहारिका दाहाल, सृस्‍टि गौतम र अलिशा गौतमले आकर्षक एकल तथा सामुहिक नृत्य प्रस्तुत गरेका थिए भने साइ लामा, अमृत कंडेल, मिलंद शाक्य, सुमन श्रेष्ठ, बिजय झा , बिलोल पोख्रेल लगायतले बिभिन्न आकर्षक गीत प्रस्तुत गरेका थिए।

यसै गरी हुस्टनका चर्चित कलाकार बसिल अर्याल साथै अन्य कलाकारहरु सोमुना अर्याल, बासु पौडेल, राम कुंवर, सतिश त्रिपाठी, बिजेन अर्याल र बिशेष पौडेलबाट हास्यबर्धक प्रहसन प्रस्तुत गरिएको थियो।

कार्यक्रमको अन्त्यमा अध्यक्षले कार्यक्रमलाई सफल पार्न सहयोग गर्नु हुने सम्पूर्ण महानुभाबहरुलाई धन्यवाद ज्ञापन गर्नु हुँदै नेपालीहरुको भाषा, संस्कृति र संस्कारलाई जगेर्ना गर्न हामीले सक्दो भूमिका खेल्न परश्रमि र लगनशील बनौ भन्ने प्रेरणादायी मन्तब्य दिनु हुदै सभा बिसर्जन गरिएको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.