हरी थापा मगर / एचकेनेपाल डट कम-
लण्डन । एनआरएनए युकेमा अध्यक्षको उम्मेदवारी घोषणा गरेपछि बेलायतका विभिन्न शहरहरुमा क्याम्पियन गर्दै हिंडेका युवा व्यवसायी योगेन क्षेत्रीसंग प्लमस्टेडमा एक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो। प्लमस्टेडवासी पूर्व गोर्खाली युवा योगेश गुरुङको पहलमा सम्पन्न अन्तरक्रियामा उम्मेदवार योगेनले आठ बुंदे घोषणापत्र पढेर सुनाएका थिए।

आफ्नो घोषणापत्रमा योगेनले ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मागका साथ नागरिकता प्राप्ति र विदेशमा रहेका नेपालीहरुले मतदान गर्न पाउने व्यवस्थाका लागि पहल गर्ने, गैर आवासीय नेपालीहरुको नेपालमा रहेको धन सुरक्षित गर्नका लागि बेलायती राजनीतिज्ञहरुसंग परामर्श गरि बेलायत र नेपाल सरकारबीच कुटनीतिक पहल गर्ने, एनआरएनए अग्रजहरुले गर्दै आएका कार्यलाई निरन्तरतासहित पूर्णता दिन प्रयत्न गर्ने, भूतपूर्व गोर्खा सैनिकहरुको न्यायका पक्षमा लड्न सरोकारवाला विभिन्न संघसंस्थाहरुसंग समन्वय गर्ने, नेपालमा साना ठूला लगानी भित्र्याउन पहल गर्ने, सामाजिक कार्यहरु गरि देशलाई समृद्ध बनाउने, विदेशीएकाहरुलाई अवसरको खोजी र विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्दार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने एवं नेपालीहरुबीच भाइचारा र भातृत्व सम्वन्ध अभिवृद्धि गर्ने लगायतका बुंदा समेटेका छन्।

सो अवसरमा उपाध्यक्षका प्रत्यासीद्वय वर्तमान कोषाध्यक्ष दिलरास गुरुङ र सहसंयोजक शुष्मा राई, महासचिवका प्रत्यासी योगकुमार फगामी मगर, सदस्यका प्रत्यासी ललित न्यौपाने लगायतले आफ्नो उम्मेदवारीमा सघाउन बेलायतवासी नेपालीहरुलाई आव्हान गरेका थिए।

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता रवी राई, नेसा युकेका अध्यक्ष केश बहादुर गुरुङ लगायतले अध्यक्षका प्रत्यासी योगेन क्षेत्री र उनको टिमलाई सघाउने प्रतिवद्धता व्यक्त गरे। साथै उनीहरुले योगेन पूर्व गोर्खा र एक सामाजिक कार्यकर्ता समेत भएको जिकिर गर्दै उनको टिमलाई जिताउनुपर्नेमा जोड दिए। कार्यक्रममा करीब डेढ सय बढिको सहभागिता थियो।

यस्तै रेडिङमा आयोजित अन्तरक्रियामा पनि विभिन्न वक्ताहरुले योगेन क्षेत्रीको उम्मेदवारीलाई सघाउने प्रतिवद्धता जनाएका छन । चुनावी दौडाहा अन्र्तगत गतसाता रेडिङ पुगेका क्षेत्रीले सो अवसरमा एक भिडियो क्लिप समेत प्रदर्शन गरेका थिए । कार्यक्रममा सहभागि तमुधिं रेडिङ शाखाका प्रतिनिधि, मगरसंघ रेडिङका प्रतिनिधि, लगायत विभिन्न जातिय तथा क्षेत्रीय संस्थाका प्रतिनिधिहरुले योगेनलाई पुर्ण रुपमा समर्थन गर्ने बताए।

गतसाता गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले अल्डरसटमा आयोजना गरेको बृहत गेसो भेलामा गेसो सदस्य समेत रहेका योगेनलाई पूर्व गोर्खाहरुले पूर्ण समर्थन गर्नुपर्ने बताएका थिए। गेसो सभापति पदम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सम्पूर्ण व्यवस्थापन योगेन क्षेत्रीले गरेका हुन्।

यसैबीच स्कटल्याण्ड रहेका नेपाली संस्थाहरुले एनआरएन यूके अध्यक्षका प्रत्यासी उमेद्वार योगेन क्षेत्रीसंग अन्तरक्रिया गरेका छन्। स्कटल्याण्डबाट प्रसारण हुंदै आएको इन्टरनेट नेपाली रेडियो अन्कोले गत आइतबार एनआरएन यूकेमा स्कटल्याण्डको भूमिका बिषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो।

इन्टरनेटबाट प्रसारण हुने नेपाली रेडियो अन्कोबाट प्रत्यक्ष प्रसारण भएको कार्यक्रममा सहभागीहरुले एनआरएन यूकेमा स्कटल्याण्डको सम्मानजनक सहभागिता हुनु पर्नेमा जोड दिए। सो अवसरमा एनआरएन यूकेका अध्यक्षका प्रत्यसी उमेद्वार योगेन क्षेत्रीले स्कटल्याण्डको उचित प्रतिनिधित्वको लागि आफूले सक्दो सहयोग गर्ने बताए। क्षेत्रीले एनआरएन यूकेमा आफ्नो उमेद्वारीको बारेमा विभिन्न प्रश्नहरुको जवाफ दिदै समाजसेवामा आफ्नो अनुभव र एनआरएनका विभिन्न कार्यहरुमा संग्लाग्नाताले आफू अध्यक्षको लागि योग्य रहेको र घोषणा गरेका प्रतिबद्धतालाई पूर्ण गर्ने दावी गरे।

सो अवसरमा अर्गनाइजेसन फर नेपलिज कल्चर एण्ड वेलफेयरका अध्यक्ष दिपेश रेग्मी, नेपाल स्कटल्याण्ड एसोसिएसनका पूर्व अध्यक्ष भोला खनाल, ग्लास्गो नेपाली एसोसिएसनका अध्यक्ष मोहन कार्की लगायतले एनआरएनए सर्वसाधारणसम्म पुग्नुपर्ने बताएका थिए। त्यस्तै नेपाल स्कटल्याण्ड फ्रेण्डशिप फोरमका अध्यक्ष शिला त्रिपाठी, विद्यार्थी प्रतिनिधि संगीता पण्डित कार्की लगायतले पनि मन्तव्य दिए।


आफ्नो विचार व्यक्त गर्नुहोस्

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.