तिलविक्रम थेवे / एचकेनेपाल डट कम-
दोहा, कतार। राप्रपा नेपाल सम्बद्ध प्रवासी नेपाली राष्ट्रवादी समाज दोहा कतारको अगष्ट १६ तारिख सम्पन्न हुने प्रथम अधिवेशनलाई सम्बोधन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा कतार आउने निश्चित भएको छ।

प्रथम अधिवेशन भव्य एवं सानदारका साथ सम्पन्न गर्न आयोजक समितिले सम्पूर्ण तयारी गरिरहेको समाजका वर्तमान अध्यक्ष रविचन्द्र पौडेलले जानकारी दिए। पौडेलका अनुसार अधिवेशनको तयारी अन्तिम चरणमा पुगिसकेको र यो अधिवेसन ऐतिहासिक रुपमा सम्पन्न गर्नका लागि अध्यक्ष कमल थापा स्वयम् आउने कार्यक्रम रहेकोले अधिवेशन अत्यन्त महत्वपूर्ण हुने बताउदै राप्रपा नेपालमा आस्था राख्ने वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण आस्थावान राष्ट्रवादी मित्रहरु समाजमा गोलवन्द भई प्रवासमा पनि एकढिक्को भएर वैचारिक शक्तिका रुपमा स्थापित भइसकेकोले समाजले भोलिका दिनमा देश र जनताका लागि प्रवासबाट पनि सक्रिय भुमिका निर्वाह गर्न सक्षम भइसकेको बताए।

राप्रपा नेपालले उठाइरहेका समसामयिक राष्ट्रिय सवालका विषयहरुलाई प्रवासबाट पनि समर्थन गर्दै प्रवासमा रहेका राष्ट्रवादीहरुलाई एउटै छातामुनी गोलवन्द गर्दै लैजाने सवालमा धेरैभन्दा धेरै आस्थावान नेपाली दाजुभाई दिदी बहिनीहरुलाई समाजमा आवद्ध गरिएको जनाइएको छ।

समाजका संरक्षक ध्रुव खँनियाका अनुसार समाजले नेपाली श्रमिकहरुको हकहित र उद्धारका लागि प्रवासको सामाजिक, सामुदायिक मुल्य र मान्यतालाई आत्मसात् गर्दै सक्रियताका साथ काम गरिरहेको बताए।

समाजले ०१३–०१५ अवधिका साझा संस्था एनआरएनए एनसीसीको पाँचौं अधिवेशनमा पनि सक्रिय सहभागिता जनाउन लागेको समेत जानकारी दिर्दै एनआरएनएन एनसीसीले अवलम्बन गर्ने नेपाली समुदायका हकहित, उद्धार, सहयोग, नेपाली जनजीवनको आधारशिला अभिवृद्धि तथा देशको विकासकार्यको सहभागिता लगायतका हरेक रचनात्मक र सृजनात्मक काममा समाजको समन्वय, सहकार्य र सहयोग रहने समेत जनाइएको छ।

संविधानसभा भाग २ को निर्वाचनमा उत्साहजनक भूमिका निर्वाह गर्दै जनमत अभिवृद्धिका लागि प्रवासबाट पनि समाजले सक्रिय भूमिका खेल्ने बताइएको छ।



आफ्नो विचार व्यक्त गर्नुहोस्

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस