सन्तोष काफ्ले /एचकेनेपाल डट कम-
धरान, २१ साउन। साउनको तेस्रो सोमबार आज सुनसरीको धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा भगवान शिवलाई जल चढाउनेको घुइचो लागेको छ।
आज मात्रै १ लाख भन्दा वढी भत्तजनहरुले जल चढाएको पिण्डेश्वर वावाधाम समितिका सचिव जयन्त गौतमले जानकारी दिए।
हिजै राति ११ बजेबाट मन्दिरको २ वटा ढोकाहरु खुलेका थिए। मन्दिरमा जल चढाउनेहरुको संख्या बढेपछि आयोजक पिण्डेश्वर बाबाधाम समितिले राति नै ढोका खोलिदिएको हो। मन्दिरमा तेस्रो सोमबारसम्म आइपुग्दा करिव ४ लाखले जल चढाएको वताईएको छ। मन्दिरमा जल चढाउनेको घुइचोसँगै रातिदेखिको अविरल बर्षाको कारण भक्तालुहरु रुझ्दै मन्दिरमा जल चढाएका थिए। आज करिव ३ सय मिटर लामो लाइन लागेको थियो। पिण्डेश्वरमा जल चढाउनेहरुका कारण अहिले धरान गेरुवस्त्रधारीमय भएको छ। सुनसरीको धरानमा रहेको पिण्डेश्वर वावाधाममा नेपाल लगायत भारतको सिक्कीम, दार्जिलिङ, विहार, भुटान, वंगलादेश लायातका भक्तजनहरु आउने गर्दछन्।
आफ्नो विचार व्यक्त गर्नुहोस्
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b