सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
सुनसरी, २२ साउन। डुङ्गा दुर्घटनामा परेका मध्ये १४ जना अझै वेपत्ता छन्। वेपत्ता हुनेमा ७ जना पुरुष, ५ महिला र २ जना बालवालिका छन्। उनीहरु मध्ये भोजपुर र धनकुटाका एक÷एक जना छन्। बाँकी उदयपुरका छन्।

उदयपुरका प्रहरी उपरीक्षक अजय भट्टराईले वेपत्ताहरुको खोजीका लागि सशस्त्र प्रहरीको तालिम प्राप्त टोलीले रबरको डुङ्गा र नेपाली सेनाको कोशी टप्पु आरक्षको टोलीले मोटरबोट प्रयोग गरि विहान ५ वजेदेखि नै खोजतलास गरि रहेको जानकारी दिए।

धरानस्थित पिण्डेश्वर मन्दिरमा जल चढाएर फर्कदै गरेका अधिकांश तीर्थ यात्री चढेको डुङ्गा सोमवार दिउँसो दुर्घटनामा परेको थियो। डुङ्गामा सवार करिव ९० जना यात्रु मध्ये ७० जनाभन्दा वढि पौडिएर तथा स्थानीय वासी र प्रहरीको सहयोगमा नदीबाट वाहिर निस्कन सफल भएका थिए।

वेपत्ता हुनेहरुमा उदयपुर ठोक्सिलामा ४ महिनाका बालक प्रशान्त विक, उदयपुर गाइघाटका ८ वर्षीय बालक रितेश चापागाई र उनकी आमा राधिका चापागाई रहेका छन् भने भोजपुरका प्रेम श्रेष्ठ र सुनसरीका अर्जुन थापा रहेका छन्। त्यसैगरी उदयपुरका टेक बहादुर राई, कोपिला विष्ट, नहतसिंह राई, मुना खड्का, नारायण श्रेष्ठ, सपना मगर, रोसिता खड्का, जुमान राई र प्रभूमाया राई रहेका छन्।

दुर्घटनामा उदयपुरको ठोक्सिला ३ की ५० वर्षीया पार्वती खड्का र सुनसरी महेन्द्रनगर ४ की ५२ वर्षीया चन्द्रकुमारी राईको तत्कालै शव फेला परेको थियो। दुवै शव मोष्टमार्टम गरि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

यस्तो रहेछ, डुबेको डुंगा

Video: Santosh Kafle / HKNepal.com



आफ्नो विचार व्यक्त गर्नुहोस्

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस