धर्मराज अधिकारी / एचकेनेपाल डट कम –
साउथइष्ट लण्डनमा चुनाव प्रचार समिति गठन
बेलायत। एनआरएनए युकेका बर्तमान उपाध्यक्ष महेन्द्र कंडेललाई भावी एनआरएनए युकेको अध्यक्ष बनाउन साउथ इष्ट लण्डन, बेलायतमा चुनाव प्रचारप्रसार समिति गठन भएको छ। विभिन्न क्षेत्र र तहका बुद्धिजीवीहरु सम्मिलित सो समितिले प्रचारप्रसारको कामलाई तिब्रता दिएको जनाएका छन्। गतसाता आइतबार बनेको समितिमा विभिन्न जातिय तथा क्षेत्रीय संघस्ंस्थाका प्रतिनिधिहरु छन । यस्तै समिति बेलायतका विभिन्न स्थानमा गठन गर्ने पनि बताइएको छ।

हाइली स्किल्ड माइग्रेट्स एशोसियसनका अध्यक्ष समेत रहेका प्रचार प्रसार सल्लाहकार अर्क तिमिल्सिीनाले अध्यक्षमा उम्मेदवार महेन्द्र कंडेललाई आफूहरुको पुर्ण समर्थन रहेका बताउंदै उनलाई जिताउन आफूहरु लागिपरेको बताए । गतबर्षपनि सहमतिको आधारमा महेन्द्र उपाध्यक्षमै रहि काम गरेको स्मरण गर्दै उनले अनुभवको आधारमा पनि उनलाई अध्यक्ष बनाउनुपर्नेमा जोड दिए । चुनावी प्रतिष्पर्धामा गएर एनआरएनए राजनीतिलाई गुट उपगुटमा लैजानुभन्दा महेन्द्रलाई सर्वसमत अध्यक्ष बनाउनु राम्रो हुने उनको तर्क थियो।

त्यस्तै चाल्र्टन नेपाली समाजका अध्यक्ष एवं प्रचारप्रसार समिति सल्लाहकार सुरज केसीले उपाध्यक्ष महेन्द्रलाई अध्यक्ष बनाउन आफूहरु लागिपरेको सुनाए । एनआरएन र समाजमा महेन्द्रको लगावका कारण पनि उनी अध्यक्षमा आशालाग्दा उम्मेदवार भएको केसीको भनाई थियो।

त्यस्तै समिति मुख्य संयोजक एवं तमुधिं युकेका पुर्व उपाध्यक्ष हरी गुरुङले महेन्द्र राम्रो क्याण्डीडेट भएको बताए । उनले एनआरएनमा हाम्रो भन्दा पनि राम्रो मानिस आवश्यक परेको हुंदा आफ्नालाई नभई राम्रो मानिसलाई जिताउन आग्रह गरे । समाजमा उनको ठूलो योगदान छ, तमुधिं युकेका सल्लाहकार समेत रहेका गुरुङले भने, महेन्द्र राम्रा व्यक्ति हुन, सामाजिक भावना भएका उनलाई एनआरएनको अध्यक्ष बनाउनुपर्छ।

नेपाल योथ एशोसियसन ग्रिनवीचका ह्यारी गुरुङले पनि सम्पुर्ण योथहरुको आवाज बोक्न सक्ने महेन्द्र कंडेललाई अध्यक्ष बनाउनुपर्ने बताए । उनले सम्पुर्ण युवाहरु उनलाई जिताउन लागिपर्ने समेत बताए।

समितिमा श्याम शेरचन संयोजक हुन्। त्यस्तै होम शर्मा, मोति भण्डारी, राम अधिकारी, क्या नारायण बहादुर गरुङ, बुद्धिराम थापा, श्रीचन्द्र गुरुङ, मनिष श्रेष्ठ, अर्कराज तिमिल्सीना, सुरज केसी, अर्जुन गौतम, देवेन्द्र श्रेष्ठ, रोमनाथ पाण्डे, फत्त थापा मगर, दुर्गा शेरचन, दिपक शेरचन, पुण्य रेग्मी, प्रेम खड्का, निलहरी घिमिरे, दुर्गा पाण्डे, एलएन पाण्डे, चक्र बहादुर राना, गोकुल न्यौपाने, दुर्गा राना सल्लाहकार रहेका छन्।

त्यसैगरी समितिमा कर्ण पुन, कुमार थापा, राजन शाही, रामचन्द्र मरहट्टा, दल बहादुर थापा, अंकित शेरचन, राजु न्यौपाने, ज्ञाम तामाङ, देवेन्द्र थापा, देव थापा मगर, शुशिला कार्की, दिप थापा, राज कटवाल, गंगा खरेल, फणिन्द्र भट्टाई, सरीता गिरी, महिमा शाह, सुप्रिया थपलिया, विष्णु त्रिपाठी, कपुर राना, सुशिल प्रजापति, हरी पन्त, तोयानाथ रिजाल, विष्णु ज्ञवाली, राजेन्द्र श्रेष्ठ, लक्ष्मण न्यौापने, गोकुल भण्डारी, कृष्ण क्षेत्री, कृष्ण लामिछाने, कृष्ण गैरे, दिपक श्रेष्ठ, सफल शेरचन, अंकित शेरचन, प्रेम गैरे, कुश बस्नेत, कृष्ण खरेल, राजेन्द्र सुवेदी, रेश्मी अर्याल, रवी केसी, प्रकाश कंडेल, विपिन निरौला, सन्तोष रेग्मी, रेश्मी थापा, सहदेव गिरी, राज कटवाल, विनोद चिपालु, सन्तोष रिमाल, दिपक थापा, यज्ञ पाण्डे, केदार थपलिया सदस्य रहेका छन।

साउथ इष्ट लण्डनमा करीब १५ हजार भन्दा बढि नेपालीहरु बसोबास गर्छन्।


युके निर्वाचन कमिटिलाई पुर्नगठन गर्न अध्यक्षका प्रत्यासी नेम्बाङको आग्रह

एनआरएनए युकेको निर्वाचन सम्पन्न गर्न बनेको कमिटिप्रति प्रत्यासी उम्मेदवार सुर्य नेम्बाङले असन्तुष्टि जाहेर गर्दै यसलाई पुर्नगठन गर्न माग गरेका छन्। गतसाता विज्ञप्ति जारी गर्दै नेम्बाङले निर्बाचन स्वतन्त्रताको कुरा उठाउंदै असन्तुष्टि जाहेर गरेका हुन्।

उनले निर्बाचनलाई स्वतन्त्र र निश्पक्ष बनाउन पनि पुर्नगठन गर्नुपर्ने माग गरेका छन्।

यसैबीच एनआरएनए युके आइसीसी सदस्य राजन कंडेलले भने अहिलेको निर्वाचन कमिटिलाई बृहत्तर बनाउनुपर्नेमा जोड दिएका छन्। उनले अहिलेको चुनाव युके इतिहासमै सबैभन्दा ठूलो हुने लक्षण देखिएकाले निर्वाचनलाई प्रभावकारी बनाउनपनि कमिटिको आकारलाई ठूलो बनाउनुपर्ने माग गरे । उनले यसबारेमा आइसीसी तथा एनसीसी अध्यक्ष्ँहरुलाई लिखित पत्र पठाइसकिएको जानकारी समेत गराएका छन । निर्वाचन कमिटिका पर्यवेक्षक आइसीसी सदस्य विश्व आदर्श पण्डित चुनावी सभामा संलग्न भएको बताउंदै उनले यसबाट निष्पक्ष चुनाव हुनेमा शंका व्यक्त गरेका छन्।


अध्यक्षका उम्मेदवार महेन्द्र कंडेल चुनावी भेटघाटमा व्यस्त

बेलायत । एनआरएन युकेलाई बेलायत भर ग्रासरुटमा पु¥याउने अभियानका साथ अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका बर्तमान उपाध्यक्ष महेन्द्र कंडेल चुनावी भेटघाटमा व्यस्त छन । गतसाता कंडेलले मिडल्याण्ड नेपाली समाजका सदस्यहरुसंग भेटघाट गरेका छन । सो अवसरमा चारवटा नेपाली संघसंस्थाका प्रतिनिधिहरु सहभागि थिए।

नेपाली समाज नटिङहाम अध्यक्ष तारा भण्डारी, हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्डमा अध्यक्ष्ँ मिलन सापकोटा, सृजनशिल नेपाली समाजका अध्यक्ष्ँ दयानीधि सापकोटा र पिटरबरो नेपाली समाजका अध्यक्ष्ँ महेश अधिकारी सहभागि थिए । सहभागिहरुले अध्यक्ष्ँका उम्मेदवार कंडेललाई जिताउन समाजले खेल्नुपर्ने भुमिकामा कुनै कसर बांकी नराख्ने बताए । उनीहरुले २ कार्यकाल विताइसकेको अनुभव अध्यक्ष्ँमा देखाउन पनि कंडेललाई सुझाव दिएका थिए।

बैठकमा सहभागि उपाध्यक्ष्ँ कंडेलले आफू एनआरएनलाई ग्रासरुटमा पु¥याउने अभियानका साथ लागिरहेको प्रष्ट्याए । लण्डन बाहिर रहेका नेपाली र विभिन्न संघसंस्थाहरुसंग समन्वय गरी अगाडि बढ्ने कंडेलको भनाई थियो । उनले एनआरएनमा सदस्यता बन्दा हुने कठिनाईलाई आफू अध्यक्ष बनेपछि सल्टाउने र सहज बनाउने विश्वास दिलाएका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस