धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
काठमाडौं। बेलायतका लागि नेपाली महामहिम राजदूत डा. सुरेशचन्द्र चालिसेले गत शुक्रबार अपरान्ह मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई अध्यक्षको कार्यकक्ष सिंहदरबारमा शिष्टाचार भेट गरेका छन्।

भेटका क्रममा राजदूत चालिसेले नेपाल तथा संयुक्त अधिराज्यबीचको सम्बन्ध दुईसयबर्ष पुग्न लागेको र सो महत्वपुर्ण अवसरलाई सम्बन्ध विस्तार र प्रगाढता बृद्धिका लागि सदुपयोग गर्नुपर्ने कुरामा जोड दिएका थिए । उनले यसका लागि विभिन्न योजना तथा कार्यक्रमहरु हुनुपर्ने कुरामा दुबैदेशका प्रतिनिधिहरुबीच छलफल भइरहेकोबारे मन्त्रिपरिषद्का अध्यक्षको ध्यानाकर्षण गराएका थिए ।

दुईदेशबीचको सम्बन्धलाई अझै बलियो र युनीक बनाउने सम्दर्भमा बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमणप्रतिको लिखित प्रतिवद्धता, फ्रान्सिस, बुखान्नान, ह्यामिल्टनको सेण्टर बनाउने सम्बन्धमा तथा नेपाल–ब्रिटेनबीच सरकारी स्तरमा कन्सल्टेसन मेकानिजमको स्थापना गर्ने इत्यादिबारे पनि छलफल भइरहेकोबारे महामहिम चालिसेले अध्यक्ष रेग्मीलाई जानकारी गराएका थिए।

त्यसैगरी राजदूत डा. चालिसेले गोर्खा सत्याग्रह लण्डन संयुक्त संघर्ष समितिले चर सुत्रिय माग राखी लण्डनमा गर्न गइरहेको सत्याग्रहबारे पनि अध्यक्षको ध्यानाकर्षण गराए। राजदूत डा. चालिसेले हुन लागेको भोक हड्ताल र त्यसले ल्याउनसक्ने राजनीतिक र कुटनीतिक चुनौतिबारेपनि अवगत गराएका थिए। राजदूत चालिसेले महासेनाी कुमार लामाको संयुक्त अधिराज्यको न्यायलयमा चलिराखेको कोर्ट प्रोसेडिङ्सको अवस्थाबारेपनि ध्यानाकर्षण गराएका थिए।

राजदूत डा. चालिसेका कुरा ध्यानपूर्वक सुनेपछि मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले नेपाल–ब्रिटेन सम्बन्ध अत्यन्त पुरानो र उत्कृष्ठ रहेको बताउंदै यस सम्बन्धलाई अझ उच्च स्तरमा पु¥याउन सबैले प्रयास गर्नुपर्नेमा जोड दिएका थिए । अध्यक्ष रेग्मीले बर्तमान सरकार यस कार्यमा राजदूत डा. चालिसेलाई सबै प्रकारको सहयोग गर्न तयार रहेको बताएका थिए।

त्यसअघि राजदूत डा. चालिसेले उल्लेखित विषयहरुको अलावा युरोपका विभिन्न शहरहरुमा नेपालीहरुले सामना गरिरहेका कन्सुलर सम्बन्धि समस्याहरुबारे परराष्ट्र मन्त्रालयको जानकारीमा ल्याएका थिए।

यसैगरी नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत एण्ड्रु जेम्स स्पार्क र राजदूत चालीसेबीच नेपाल–ब्रिटेन सम्बन्ध २०० बर्ष पुग्न लागेको उत्कृष्ठ सम्बन्धलाई ठूलो उत्साहपूर्वक मनाउन विस्तृत रुपमा छलफल भएको थियो। दुबै राजदूतहरुले बालबालिका सम्बन्धि संस्था ‘चियर्स’ को कार्यक्रमलाई आउंदो अगष्ट १४ का दिन संयुक्त रुपमा सम्बोधन गर्नेछन्।


आफ्नो विचार व्यक्त गर्नुहोस्

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस