एचकेनेपाल डट कम संवाददाता-
सिन्धुली, २१ साउन। सिन्धुलीको कमलानदीले बगाएर सोमवार बिहान ७ जना थीर्थयात्रीको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।

मृत्यु हुनेहरुमा सर्लाही बलवा सुक्नाकी रामपरीदेवी राम, महोत्तरी सुगा गाविस ६ का गंगा देवी, सोही ठाउँकी कमिया नुनिया, भारतको बिहार सितामढीका अजयराम र मधुवनीका गोलीय ठाकुरको मात्र सनाखत भएको छ।

मधुगंगा महादेवको दर्शनका लागि कमलानदी नदी पार गर्दै गरेका तीर्थयात्रीहरु हत्पतेको गागन नजिकैबाट बगाएको प्रहरीले जनाएको छ। उनीहरुको शव करिब सय मीटर तल फेला परेको थियो। स्थानीयहरुले बग्दै गरेका १३ जना तीर्थयात्रीहरुलाई भने उद्धार गरेको छ। उद्धार गरिएकामध्ये केही अझै बिहोश अवस्थामा रहेको प्रहरीले जनाएको छ।



आफ्नो विचार व्यक्त गर्नुहोस्

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस