मणिकुमार श्रेष्ठ / एचकेनेपाल डट कम-
धनकुटा, २१ साउन। धनकुटा जिल्लामा आत्महत्या गर्ने व्यक्तिहरुको संख्यामा वृद्धि भएको छ । पूर्वाञ्चलको सुन्दर नगरीको रुपमा चिनिने धनकुटाका जिल्लामा विगत तीन वर्षको तुलनामा आर्थिक वर्ष २०६९/०७० मा आत्महत्या गर्नेहरुको संख्यामा वृद्धि भएको हो।
धनकुटा जिल्लामा आर्थिक वर्ष २०६९/०७० मा २९ जनाले आत्महत्या गरेका छन् । यसमा पनि सवैभन्दा वढि भुण्डिएर २६ जनाले आत्महत्या गरेका छन्। त्यसैगरी, विष सेवन गरेर १ जना, हामफालेर १ जना र नदिमा डुवेर एक जनाले आत्महत्या गरे।
जिल्ला प्रहरी कार्यलयमा धनकुटाको अपराध अनुसन्धान शाखामा दर्ता भएको विवरण अनुसार सवै भन्दा वढि युवा अवस्थाका व्यक्तिहरुले आतमहत्या गरेका छन्। त्यसमा १६ वर्ष मुनिमा १ जना, १६ देखि २५ वर्षसम्मका ११ जना, २५ वर्षदेखि ३५ वर्षका १० जना, ३५ देखि ४५ वर्ष सम्मका ५ जना र ४५ वर्ष माथिका २ जनाले आत्महत्या गरेका छन्। यसै गरी आर्थिक वर्ष २०६८/०६९ मा २२ जना र ०६७/०६८ मा १८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव चौधरीले वताए।
त्यस्तै आत्महत्या गर्नेमा महिला वढि देखिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। त्यसैगरी जनजाती समुदायका व्यक्तिहरुले वढिमात्रमा आत्महत्या गरेका छन्। यसरी आत्महत्या गर्नुमा अशिक्षा, वेरोजारी, जनचेतनाको कमी, प्रेम वियोग र यौनकुण्ठा रहेको प्रहरी निरीक्षक चौधरीले वताए। आतमहत्या गर्ने केहीले त पत्र समेत लेखेर आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आतमहत्या गर्नेमा अहिले वढिमात्रामा विदेश गएका व्यक्तिका श्रीमती वढि रहेका छन्। त्यसमा पनि कतिपय त गर्भवति भएको अवस्थामा समेत आत्महत्या गर्ने गरेका छन्। विदेशमा गएको श्रीमानका श्रीमतीहरुलाई यो समाजमा लगाईने विभिन्न प्रकारका आरोपको कारणले पनि आतमहत्या गर्ने व्यक्तिहरुको वृद्धि हुन आएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एक प्रहरीले वताए।
वास्तवमा के हो त आत्महत्या ?
यसको बारेमा नेपालका आदिवासीहरुको मानवअधिकारको क्षेत्रमा काम गर्ने वकिलहरुको संस्था (लाहुर्निप)का उपाध्यक्ष अधिवक्ता दिनेश घलेले जनाए अनुसार ‘आत्महत्या भनेको अपराध जस्तै हो। मानवअधिकारको दृष्टिकोणले हेर्ने हो भने आत्महत्या गर्नु भनेको अरुको हत्या गर्नु जस्तै हो। कानुन वमोजिम आफुले आफैलाई मार्दा दण्ड जरिवाना हुदैन तर आत्महत्या गर्नुमा अरुको हात रहेको खण्डमा दोषीलाई कारवाही हुन्छ। यसका साथै आत्महत्या गर्नुमा वंशानुगत गुणमा पनि भर पर्ने हुन्छ।’
यसरी श्रीमान विदेश गएपछि गरिने अनैतिक क्रियाकलापको कारणले गर्दा आत्महत्या सम्मको घटना निम्त्याएको प्रहरीको भनाईले के पुष्टी हुन्छ भने हाम्रो समाजमा व्यप्त रहेको संकुचित सोचाई मुख्य कारण हो। त्यसमा पनि अरुको गाली सहन नसक्नु। अरुको देखाशिखी गर्ने क्रममा विभिन्न खालका दुव्र्यवहारमा फस्नु पनि आत्महत्याको कारण रहेको छ।
यसरी किन आत्महत्या गर्छन त? यसको बारेमा सवैको मत एकै हुन सकेको पाइन्न। मानिसले आत्महत्या गर्छन् तर उसले किन आत्महत्या गर्नु परेको थियो त ? यसको वारेमा गहन तरिकाले खोजी हुनु पर्ने हो । तर त्यो हुन नसकेर आत्महत्या एउटा पोष्टमार्टममा नै सिमित भईरहेको छ । यसको वारेमा समयमा नै जनचेतना दिएर आगामी दिनमा यस प्रकारको हुने सम्भावित दुर्घटनालाई रोक्नको लागि राज्यले विशेष चासो दिनु पर्ने देखिन्छ।
आफ्नो विचार व्यक्त गर्नुहोस्
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस