एचकेनेपाल डट कम संवाददाता –
पोखरा, २० साउन। सुत्केरी महिलाको दोस्रो पटकको शल्यक्रियामा लापारवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तहरुले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालविरुद्ध आन्दोलन गर्ने घोषणा गरका छन्।

पोखरा ५ मालेपाटनका प्रमोद गुरुङ (इच्छा)की पत्नी २८ वर्षीया ममता गुरुङको साउन १७ गते विहीबार उपचारका क्रममा लापारवाहीका कारण दुखद मृत्यु भएको स्वर्गीय ममता गुरुङ संघर्ष समितिका संयोजक देविराज तमुले जनाएका छन्।


फाइल तस्वीरः स्व. ममता गुरुङ

गुरुङद्वारा जारी प्रेस विज्ञप्तिमा सम्बन्धित निकाय संवेदनशील नबनेमा साउन २० गते धर्ना, पत्रकार सम्मेलन र अस्पताल प्रसासनमा तालाबन्दी गर्ने, साउन २१ गते चक्काजाम र मेडिकल सुपरिटेण्डण्टको पुत्लादहन गर्ने र अझै समस्या समाधान नभए साउन २२ गते पोखरा बन्दसम्मको आन्दोलन गर्ने आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको छ।

लापारवाहीका कारण मृत्यु भएकी ममता अब कसैले चाहेर पनि जिवित हुदैनन् प्रेस विज्ञप्तिमा भनेको छ, अव उनको उपचारमा लापारवाही गर्नेलाई कडा कारवाही र नाबालक बच्चा, शिशुको लालन पालन, शिक्षा, स्वास्थको सुनिश्चित र ममताका पति प्रमोद गुरुङलाई अस्पताल प्रसासनले योग्यता अनुसार रोजगारीको व्यवस्था गर्न सके मात्रै उनको आत्माले शान्ति पाउने हाम्रो विश्वास हो।

यसरी मृत्यु भयो ममताको
प्रेस विज्ञप्ति

स्वर्गीय ममता गुरुङ संघर्ष समिति
मिति ः २०७० साउन २० गते
प्रेस विज्ञप्ति

पत्रकार मित्रहरु
कास्की दाङसिङ मोहोरिया गाँउ भई पोखरा ५ मालेपाटन निवासी प्रमोद गुरुङ(इच्छा)को धर्मपत्नी २८ वर्षिया ममता गुरुङ(माइती भदौरे)को २०७० साउन १७ गते विहीबार पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा लापारवाहीका कारण दुखद मृत्यु भएकोमा हामी अत्यन्त मर्माहत भएका छौं । मृतक ममताको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनप्रति सममेदनाका साथै शोकलाई अन्यायका विरुद्ध संघर्ष गर्ने शक्तिमा बदल्न सकोस् भन्ने कामना गर्दछौं।

ममता गुरुङ जब गर्भावती भइन्, नियमित रुपमा डाक्टर डेलासिंह जोशीसँग स्वास्थ्य परिक्षण गर्दै आउनुभएको थियो र ममता र बच्चाको अवस्था राम्रो छ, सायद डेलिभरीमा पनि सिजरिंग गर्नुपर्दैन भन्ने उहाँको भनाई थियो । डाक्टर डेलासिंह कै सल्लाह अनुसार डेलिभेरीका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा साउन १४ गते सोमवार बेलुका ६ बजेतिर ममतालाई भर्ना गरिएको हो । भर्ना पछिको पनि ममताको परिक्षण गरियो सबै नर्मल छ तर डेलिभरीका लागि सिजरिंग गर्नुपर्ने चिकित्सकहरुको सल्लाह बमोजिम १६ गते बिहान १० बजे ममतालाई अपरेशन थेएटर लगियो, अप्रेशन राम्रो भो १० ः२९ बजे बच्चा(छोरा)लाई अप्रेशन थेयटरबाट निकालियो, त्यसको १५ मिनट पछि ममतालाई पनि निकालेर पोष्ट अपरेटिभमा राखियो । पहिलो चारवर्षको छोरी पछि दोश्रो सन्तान छोरो जन्माउदा निकै खुशी थिइन् । खुशी चारवर्षकी छोरी सहित देश विदेशमा रहेका आफन्तहरुलाई आफै फोन गरेर साटिन् । ममताको दिसा पिसाब राम्रैसँग भइरहेको थियो । उनीमा कुनै पिडा थिएन । आफै बच्चालाई दुध खुवाउने, दिसापिसाव गरेको कपडा फेरिदिने गर्दै हाँसिखुशी थिइन ।
अपरान्ह करिब ३ः३० बजेको समयमा परिचारिका(नर्स) निकै आक्रोशित हुदै आएर अपशब्द बोल्दै झन्कदै एक्कासी ममताको योनीमा दुईपटक हात छिरायो त्यसपछि उनी पिडाले चिच्याइन, छटपटिन थालिन, वान्ता गरिन् । तर परिचारिकाहरुको कुनै वास्ता नभए पछि प्रमोदले परिचारिका गुहारिन् । त्यसपछि परिचारिकाले डाक्टर गुहार्न थाल्यो । पुनः बेलुका करिब ६ बजेको समयमा ममतालाई अप्रेशन थेयटरमा लगियो । उक्त अवसरमा ममताका श्रीमान जोसँगै हेरचाहका लागि बसेका थिए उनलाई ममताको कलेजो सुन्निएको छ दोश्रो अप्रेशन गर्न पर्यो भनेर हस्ताक्षर गराइयो र उनले हासी खेली रमाइरहेको श्रीमतीलाई नर्सले योनीभित्र हात घुसारेपछि पिडाका साथ चिच्याउनु, छटपटि, वान्ता हुदै सहननसक्ने अवस्था भएको हो कलेजो के भयो र भन्दा सुन्निएर १८ सेमीको भएछ भनेपछि प्रमोदले वास्तवमा कलेजो साइज कत्रो हुनुपर्ने हो त भनि सोध्दा १० सेमीको हुनुपर्ने भनेपछि हस्ताक्षर गरेका हुन । तर घटनापछि डाक्टरहरुसँगैको बार्तामा वस्दा डेलिभरीको अवस्थामा कलेजो १८ सेमी अस्वभाविक होइन भनिरहनुभएको छ । डेलिभरीको बेला केही आकार ठुलो हुन्छ डाक्टरहरुले नै पुष्टि गरिदिनुभएको छ।

दोश्रो पटकको अप्रेशनका लागि भित्र लगिएपछि रगतदेखि हरेक व्यवस्था चिकित्सकहरुले भने बमोजिम समयमै प्रमोद लगायतका साथी भाईहरुले उपलब्ध गराउदै आएको हो । त्यो कुरा डाक्टरहरुले पनि बारम्वार भनिरहनुभएको छ । दोश्रो अप्रेशनको कारण कलेजो सुनिएर हो भनियो, पछि फेरि मिर्गौला खराबी रहेछ भनियो, अनि पिसावमा समस्या छ भन्दै ६ घण्टापछि आइसियुमा ल्याइयो र साउन १७ गते विहिवार विहान करिब ९ बजेतिर मृत भएको जानकारी गराइयो । ममतालाई मृत घोषणा गर्नुअघि नै अस्पताल प्रसासनले प्रहरी नैताथी गरिनुपर्ने आशंकाको विषय हो।

हासिखेली, कुनै पिडा नभएको अवस्थामा नर्सले अपशब्द बोल्दै झर्कदै योनीभित्र दुइपटक हात हालेपछि पिडा, छटपटि शुरु हुनु र वान्ता गर्नुमा केही लापारवाही छ, दोश्रो अप्रेशन गर्ने वखत कलेजो सुन्निएको भनेर श्रीमान प्रमोदलाई किन झुक्याएर हस्ताक्षर गराइयो, पहिलो अप्रेशन अघि सबै परिक्षण भएको छ, न कलेजो, न मिर्गौलामा समस्या छ, न ब्लड प्रेशर छ तर दोश्रो अप्रेशन गर्नपर्नुका कारण र अप्रेशन पछि किन यस्तो नानाथरीका बहाना बनाइनु उपचारमा कही न कही कमजोरी छ, लापारवाही छ भनेर नै हामी न्यायको माग गरिरहेका छौं।

अस्पताल उपचार गर्ने संवेदनशील ठाँउ हो, तर दुव्र्यवहार, जवरजस्ती र लापारवाहीले अनाहकमा निर्दोषले ज्यान गुमाउनु परिरहेको छ । यो घटनामा पनि अस्पताल प्रसासन संवेदनशील नबनि आफ्नो गल्ती ढोकछोपतर्फ नै केन्द्रीत बनेको छ । यस्तो पिडा र तनाव छ उक्त अवसरमा कुन कुन परिचारिकाको ड्युटी थियो त्यो पनि आजको दिनसम्ममा मेडिकल सुपरिटेण्डेण्ट डाक्टर बुद्धिबहादुर थापाले खोजी गर्नुभएको छैन, उहाँले हिजो बेलुका प्रमुख जिल्ला अधिकारीको रोहवरमा भएको वार्तामा पनि उत्तर दिन सक्नुभएको छैन । उहाँ गैरजिम्मेवार बन्नुभएको छ । उल्टै डाक्टरहरु मान्छे जन्मेपछि मर्छ, हाम्रो गल्ती छैन, किन यस्तो गरिराख्नु भएको भनि पीडित पक्षलाई पिडा थप्ने काम भइरहेको जानकारी गराउन चाहान्छु ।

लापारवाहीका कारण मृत्यु भएकी ममता अब कसैले चाहेर पनि जिवित हुदैनन् । अव उनको उपचारमा लापारवाही गर्नेलाई कडा कारवाही र नाबालक बच्चा, शिशुको लालन पालन, शिक्षा, स्वास्थको सुनिश्चित र ममताका पति प्रमोद गुरुङलाई अस्पताल प्रसासनले योग्यता अनुसार रोजगारीको व्यवस्था गर्न सके मात्रै उनको आत्माले शान्ति पाउने हाम्रो विश्वास हो । सत्य तथ्य छानविनका लागि समितिको माग हाम्रो हो तर उक्त समिति प्राविधिक विज्ञहरु डाक्टरहरु नै हुने भएकाले वर्गीयपनाले गर्दा छानविन निष्पक्ष हुदैन भन्ने हाम्रो आशंकका कारण तत्काल बालबच्चाका लागि लालनपालन, शिक्षा, स्वास्थको सुनिश्चितता विना छानविनका लागि हामी अघि बढ्न सक्दैनौं, जवसम्म सहमतिमा पुग्दैन ममताको पार्थिव शरिर(लास) पनि उठाउदैनौं ।

अझै सम्बन्धित निकाय संवेदनशील नबनेको खण्डमा संघर्ष समितिको तर्फबाट हामी आजैदेखि पहिलो चरणको आन्दोलनको जानकारी गराउन चाहन्छौं ।

पहिलो चरणको आन्दोलनका कार्यक्रम

१. साउन २० गते धर्ना, पत्रकार सम्मेलन र अस्पताल प्रसासनमा तालाबन्दी
२. साउन २१ गते चक्काजाम र मेडिकल सुपरिटेण्डण्टको पुत्लादहन
अझै समस्या समाधान नभए
३. साउन २२ गते पोखरा बन्दसम्मको आन्दोलन

अस्पतालको लापारवाही, संवेदनशीनताको अन्त्य गर्न र न्यायका लागि शुरु गरिएको आन्दोलनमा न्यायपे्रमी आम कस्केलीको साथ सहयोग अपेक्षा गर्दछौं ।

…………..
देविराज तमु
संयोजक, स्वर्गीय ममता गुरुङ संघर्ष समिति

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम


आफ्नो विचार व्यक्त गर्नुहोस्

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस