नन्दराम पौडेल / एचकेनेपाल डट कम-
कपिलवस्तु १९ साउन। अमेरीकाको सिकागो शहरमा बस्ने नेपालीहरुले बर्दिया जिल्लाका बाढी पीडितहरुका लागि संकलन गरेको रु २ लाख ६१ हजार राहत रकम बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी मान बहादुर बिकेलाई साउन १८ गते एक कार्यक्रम विच हस्तान्तरण गरेका छन्।
सिकागो नेपाली फेनसिप सोसाईटी नामक संस्थाका अध्यक्ष टेक बहादुर केसी तथा उपाध्यक्ष एव राहत संकलन डेक्सका संयोजक टेकराज पौडेल लगायतका नेपालीहरुवाट तथा संस्थाका सदस्यहरुवाट संकलन गरी पठाएको रु २लाख ६१ हजार रुपैया बर्दिया जिल्लाको दैविक प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी, नेपाल रेडक्रस सोसाईटी अध्यक्ष तथा पत्रकारहरुको रोहबरमा सिकागो नेपाली फेनसिप सोसाईटीका सदस्य रवि कार्की र रेणुकान्त तिबारी सहितको टोलिले हस्तान्तरण गरेको हो।
इन्सेक प्रतिनिधि तथा स्वतन्त्र पत्रकार संघका केन्द्रीय सचिव नन्दराम पौडेल तथा पत्रकार अर्जुन बेलवासे संयोजनमा गएको उक्त टोलिले जिल्ला प्रशासन कार्यालयमा आयोजित समारोहमा २ लाख ६१ हजारको नेपाल बैंक लिमिटेडको चेक हस्तान्तरण गरेको हो। रकम बुझ्दै प्रमुख जिल्ला अधिकारी विकेले उपेक्षामा परेको बर्दिया जिल्लालाई अमेरीकामा बस्ने नेपालीहरुले सम्झेर राहत पठाएकोमा आभार ब्यक्त गर्दै पुनः यस्तै सहयोग गर्न आग्ह गर्दै सो रकम पारदर्शी रुपमा वाढी पीडितहरुलाई बाडिदिने बताएका थिए।
भारी बर्षापछि कर्णाली नदिमा असार ४ गते आएको बाढीवाट बर्दिया जिल्लाको पातावरा, दौलखपुर, राजापुर, ढुगापुर,खैरी,मनाउ लगाएतका गाविसका ११सय परिवार बाढीवाट प्रभावित भएका थिए। कर्णाली नदिको विचमा पर्ने ११वटा गाविस बाढीवाट उच्च जोखिम रहेका छन्। उक्त गाविसहरु बर्षेनी बाढीवाट प्रभावित बन्दै आएका छन्। उक्त क्षेत्रलाई स्थाई तटबन्ध निमार्ण गरेमात्र सो क्षेत्र सुरक्षित हुने भएकोले त्यस तर्फ पहल भएको प्रजिअको भनाई थियो।
बर्दियावाट फर्केपछि नन्दराम पौडेल
फोटो विवरण ः सिकागो नेपाली फेनसिप सोसाईटी नामक संस्थाका सदस्यहरुद्धारा प्रमुख जिल्ला अधिकारी मानबहादुर विकेलाई २ लाख ६१ हजार बरावरको चेक हस्तान्तरण गर्दै। फोटो: नन्दराम पौडेल
आफ्नो विचार व्यक्त गर्नुहोस्
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस