एचकेनेपाल डट कम संवाददाता-
दार्जिलिङ, १९ साउन। गोर्खा जनमुक्ति मोर्चाले छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै शनिवारदेखि अनिश्चितकालीन दार्जिलिङ बन्दको घोषणा गरेको छ।
बन्दको कारण भारतको पूर्वोत्तर नेपाली भाषी बाहुल्य क्षेत्र दार्जिलिङको जनजीवन प्रभावित भएको छ। दक्षिण भारतमा छुट्टै तेलंगाना राज्य निर्माणको घोषणा भएपछि मोर्चाले पनि आफ्नो मागको सम्बोधन हुनु पर्ने भन्दै अनिश्चितकालीन दार्जिलिङ बन्दको घोषणा गरेको हो। मोर्चाले चिया बगान र दालचिनी उत्पादन क्षेत्रलाई भने बन्दको असर पर्न नदिने बताएको छ।
गोर्खाल्याण्डको माग गर्दै आन्दोलित भएको दार्जिलिङमा १ जनाको ज्यान गएको छ भने २० भन्दा बढी घाइते भएका छन्। त्यसैगरी, दुई जनाले आत्मदाहको प्रयाश गरेका थिए।
Darjeeling: Indefinite bandh called by GJM for Gorkhaland from today
आफ्नो विचार व्यक्त गर्नुहोस्
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस