Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पुष्पा सिएनएन हिरोको उत्कृष्ट १० मा मनोनित

न्युज अपडेटः पुष्पा सिएनएन हिरोको उत्कृष्ट १० मा मनोनित
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ५ असोज । जेलमा दुःख कष्ट सहेका बालबालिकाको उद्धार गरी उनीहरुको पालन पोषण र शिक्षादिक्षामा कार्यरत समाजसेवी पुष्पा बस्नेत सिएनएन हिरोको उत्कृष्ट १० जनामा मनोनित भएकी छन्।

सिएनएनले उनीसंगै विश्वभरका अन्य १० समाजसेवीहरुको नामसमेत सार्वजनिक गरेको छ। आगामी डिसेम्बर २ तारिख घोषणा हुने सिएनएन हिरोले दुई लाख ५० हजार अमेरिकी डरल पाउँनेछन्। उत्कृष्ट १० मा पर्नेले ५० हजार अमेरिकी डलर पाउँछन्।

विजेताको घोषणा अनलाइन भोटिङको आधार हुनेछ।

सीएनएन हिरो २०१२ मा पुष्पा बस्नेत मनोनित
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ३ चैत । यस वर्षको सीएनएन हिरोमा अर्की नेपाली पुष्पा बस्नेत मनोनयनमा परेकी छिन्।

काठमाडौं डिल्लीबजारकी २८ वर्षीया पुष्पाले बाबु आमासँगै जेलमा दुःख कष्टका सहेका बालबच्चाको उद्धार गरी पालन पोषण गरिरहेकी छन्।

सेन्ट जेभियर कलेजमा सोसियल स्टडिजको विद्यार्थी रहँदा प्राक्टिकलका लागि सुन्धाराको जेलमा जाँदा त्यहाँ भेटिएका बालबालिकाको स्थिति देखेर उनले बालबच्चाको उद्धार गरी पालन पोषण र शिक्षा दिक्षाको जिम्मेवारी लिने प्रण गरेकी हुन्।

“It’s not fair for (these) children to live in the prison because they haven’t done anything wrong,” said Basnet, who started a nongovernmental organization to help. “My mission is to make sure no child grows up behind prison walls.”

धेरै रहर गरेर लगाएको सुनको बाला १८ हजारमा बेचेर, बुबा, आमा, दिदीहरूबाट १०/१० हजार रूपैयाँ मागेर उनले अर्ली चाईल्ड हुड सेन्टर स्थापना गरेकी थिइन्। अर्ली चाईल्ड हुड सेन्टर स्थापना गरेपछि उनको अघि थुप्रै समस्या र चुनौती खडा थिए। बालबालिकालाई सेन्टरमा ल्याएपछि पालन पोषण, शिक्षादिक्षाको लागि आर्थिक स्रोत जुटाउन निकै कठनाइ परेको थियो। तैपनि उनले हरेश खाइनन्।

अहिले उनले केही दाताबाट आर्थिक स्रोत जुटाएर ती बालबालिकाका उज्वल भविष्यको लागि संघर्ष गर्दैछिन्। ४० जना जति बालबालिकाहरूको आमा बनेकी पुष्पाले विवाह नगरी उनैहरूकै लागि जीवन समर्पित गरेकी छन्।

यसअघि, मानव बेचबिखन, महिला तथा बालिकाहरुलाई यौन दासताविरुद्ध अनवरत संघर्ष गर्दै आएकी माइती नेपालकी संस्थापक कोइरालाले सन् २०१० को सीएनएन हिरोको उपाधि जितेकी थिइन्। सीएनएन हिरो बनेकी कोइरालाले २० लाख मत पाएकी थिइन्।

यस पटक पनि, नेपालबाट सीएनएन हिरोमा मनोनित भएकी पुष्पा वस्नेतलाई सो उपाधि जिताउन फेरि हरेक नेपालीको सहयोग र समर्थनको आवश्यकता दोहोरिएको छ।

सीएनएन हिरोज २०१२ मा छानिएकी पुष्पा को हुन् त? हेर्नुहोस् भिडियो:

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by