शिशिर सिंखडा/ एचकेनेपाल डट कम-
भरतपूर, १७ साउन। सवारी चेक जाँचको क्रममा लाइसेन्स लिएर ट्राफिक प्रहरीले हराइदिएपछि पूर्वी चितवन रत्ननगर १२ अमिलियाका एक व्यक्ति समस्यामा परेका छन्।

रत्ननगर १२ अमिलियाका ३५ वर्षीय सरोज खनाल घरबाट मनकामना जाँदै गर्दा ट्राफिक प्रहरी कार्यालय मुग्लिनको टोलिले २०६९ साल पुस १ गते चेक जाँचको क्रममा लाइसेन्स नियन्त्रणमा लिएको थियो। पीडित सरोज खनालका अनुसार चितवनबाट मनकामना जाने क्रममा मुग्लिन प्रहरीले आफ्नो लाइसेन्स नियन्त्रणमा लिएको बताए।

मनकामनामा व्यवसाय गर्दै आएका खनाल मोटरसाइकलमा जाने क्रममा व्लू वुक लान छुटेकाले व्लू वुक भोलिपल्ट ल्याउने सर्तमा उनले रातो चिट काटेर लाइसेन्स छाडेर गएका थिए। भोलिपल्ट व्लू वुक लिएर जाँदा सो कार्यालयमा उनको लाइसेन्स भेटाउन नसकि हराएको प्रहरीले बताएको थियो। मूग्लिनमा कार्यरत प्रहरी जवान चिरन्जिवि पाण्डेले सो रातो चिट नं. ४५२९ काटेर आफूलाई पठाएको पीडित खनालले बताए। मोटरसाइकल सवारी चालक अनुमति पत्र (लाइसेन्स) नं. ३८११०२ को लाइसेन्स लिन आफू मुग्लिन प्रहरीमा पटक पटक धाउँदा हैरानि भएको उनले वताए। मुग्लिन मात्र होइन जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपूरमा पनि पटक पटक जाँदा लाइसेन्स खोजे जस्तो गर्छन् अनि आज आउनु भोलि आउनु भन्दै हैरानि पार्छन्। उता आफ्नो व्यवसाय मनकामनामा रहेकोले आँउदा जाँदा व्यवसायपनि चौपट भैरक्यो उनले दुखेसो पोखे। यसरी ट्राफिकले नै लाइसेन्स हराइदिदाँ धेरै समस्या भोग्नु परिरहेको उनको भनाई थियो।

ट्राफिकले पत्रकारलाई दुव्यवहार
लाइसेन्स हराएको सम्बन्धमा जानकारी लिन जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुर पुगेका हाम्रो एफ.एम. भरतपुरका समाचार प्रमुख प्रदिप घिमिरे र रेडियो नेपालका चितवन सम्वाददाता एवं प्रेस चौतारी चितवनका उपाध्यक्ष शिशिर सिंखडालाई कार्यालयमा कार्यरत ट्राफिक प्रहरीका प्रहरी नायव निरीक्षक उमेश महतोले केही जानकारी दिन नमिल्ने भन्दै उल्टै पत्रकारहरुलाई अपशब्द वोल्दै दुर्व्यवहार गरेका थिए। तिमीहरुजस्तो पत्रकार मैले पनि चिनेको छु, जे सक्छौ गर भन्दै केही जानकारी दिन नमिल्ने बताए। महतो ट्राफिक वर्दि लगाएरै कार्यालयमा काम गरिरहेका थिए। पत्रकारहरुले जिज्ञासा राखेपछि आफू विदामा रहेको भन्दै फोटो नखिच्न र खिचेमा राम्रो नहुने भन्दै धम्की दिएका थिए।

घटनाको सम्वन्धमा ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख रविन श्रेष्ठले प्रहरी नायव निरीक्षक उमेश महतोले पटक पटक गल्ति काम गरेकोले आफू हैरानिमा परेको बताए। उनी अरु ट्राफिक जस्तो छैनन्, महतोको वारेमा आफूलाई दैनिक उजुरी आएर हैरानि भएको बताए। साथै हराएको लाइसेन्सको वारेमा आफूले खोज तलास गर्ने श्रेष्ठले टेलिफोनमा जानकारी दिएका छन्।


आफ्नो विचार व्यक्त गर्नुहोस्

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस