एचकेनेपाल डट कम संवाददाता-
चितवन, १७ साउन। एकीकृत नेकपा माओवादीको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल)ले चितवन बन्दको क्रममा विरामी बोक्ने एम्बुलेन्समा तोडफोड गरेका छन्।
तोडफोडले हेटौंडाबाट बिरामी लिएर आउँदै गरेको ना २ च ४४८८ नम्बरको एम्बुलेन्सको अगाडिको सिसा फुटेको छ। त्यसै गरी, वाइसीएलले पूर्बी चितवनको रत्ननगरमा नेपाल टेलिकमको टाँडी शाखाको ११ नम्बर कोठाको कम्प्युटर, टेबल पंखा, टेबल सिसा तोडफोड गरेका छन्।
वाईसीएलले आजदेखि अनिश्चितकालिन चितवन बन्दको आह्वान गरेपछि यहाँको जनजीवन कष्टकर बनेको छ। आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै वाइसीएलले गरेको चितवन बन्दका कारण विहानैदेखि शिक्षण संस्था, यातायात र बजार पूर्ण रुपमा ठप्प बनेको छ। जवरजस्ती चन्दा संकलन गरेको भन्दै प्रहरीले ६ जना वाईसीएल कार्यकर्तालाई पक्राउ गरेर मुद्दा दर्ता गरेपछि वाईसीएलले उनीहरुको रिहाईको माग गर्दै चितवन बन्द गरेको हो।
चन्दा उठाईरहेको अवस्थामा पक्राउ परेकाहरुमा नारायणगढबाट भरत मगर, मनोजकुमार शेर्पा, रवी पराजुली र विशाल मरहठ्ठा रहेका छन्। त्यसैगरी, दुईजनालाई प्रहरी कार्यालयमै प्रहरीमाथि आक्रमण गरेको अभियोगमा सार्वजनिक अपराध ऐनअन्तर्गत र ४ जनालाई चन्दा ऐनअन्तर्गत मुद्दा प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b