Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

१५ करोड रुपैयाँ ठगेर भागेका मैनाली पक्राऊ

एचकेनेपाल डट कम संवाददाता-
भक्तपुर, २ चैत्र । हजारौं ग्राहकको करीव १५ करोड रुपैयाँ ठगेर फरार रहेका प्रकाश मैनालीलाई प्रहरीले भक्तपुरबाट पक्राऊ गरेको छ।

मैनालीलाई महानगरीय प्रहरी बृत्त थिमीका प्रहरी टोलीले भक्तपुरको बालकोट गाविस वडा नं. ३ नयाँ वस्तिबाट पक्राऊ गरेको प्रहरीले जाएको छ।

पेप्सीकोला काँडाघारीस्थित प्रकाश खाद्य स्टोर खोलेर नेटवर्किङ शैलीमा ग्राहक बनाएर चामल बेच्दै आएका मैनाली ग्राहकलाई धोका दिएर वेपत्ता भएका थिए।

करीव ६० हजार ग्राहकबाट २ हजार रूपैयाँका दरले उठाएका मैनाली भदौ २२ गतेदेखि फरार थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by