एचकेनेपाल डट कम संवाददाता-
हङकङ, ३१ जुलाई। चीनको साङहाईमा जुलाई महिनाको तापमानले १ सय ४० वर्षको रेकर्ड तोड्दै ४० डिग्री नाघेको छ। अत्यधिक गर्मीका कारण साङहाईमा कम्तीमा दश जनाको ज्यान गएको छ। यो महिना २४ दिनसम्म तापमान ३५ डिग्री सेल्सियस भन्दामाथि रहेको त्यहाँको मौसम विभागलाई उदृत गर्दै बीबीसीले जनाएको छ। अत्यधिक गर्मीका कारण तातो सडकमा मासु राख्दा १० मिनेटमै पाकेको स्थानीय पत्रकारले देखाएका थिए। अत्यधिक गर्मीले जनजीवन प्रभावित भएपछि सरकारले गर्मीबाट बच्न आवश्यक कामबाहेक बाहिर ननिस्कन तथा गर्मीबाट बच्ने उपाय अपनाउन अपिल गरेको छ।

हेर्नुहोस् भिडियो



आफ्नो विचार व्यक्त गर्नुहोस्

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस