अर्जुन गिरी / एचकेनेपाल डट कम-
पोखरा, १५ साउन। युवकहरुबीच समूहगतरुपमा भिडन्त बारम्बार हुन्छ। तर युवतीहरु बिच समूहगत भिडन्त भएको त्यति सुनिदैन। पोखरामा दुई पक्षीय युवतीहरु बिच हालै यस्तो प्रकृतिको भिडन्त भएको छ। भिडन्त त्यो पनि दिन, समय र स्थान तोकेर युवतीहरु आपसमा भिडेका छन्।

यस्ता समूहगत झगडा कति प्रहरीकामा पुग्छन् भने कति यतिकै हल्लाको रुपमा हराउँछन्। विगतका दिनमा जति पनि युवकयुवती बिच झडप हुने गर्थे, त्यसमा एक पक्षलाई थाहा नभई अर्को पक्षले आक्रमण गर्ने गर्थे। कुनै पनि पक्षले लड्नका लागि निम्तो दिने गर्थेनन्। तर हेम्जा याम्दी पुलमा युवती बिच भएको झडप भने निम्तो दिएर भयो।

सामान्य भनाभनको विषयलाई लिएर दुई समूह थापा र तामाङ झगडा भएको वडा प्रहरी कार्यालयका बगरका प्रहरी निरीक्षक रोशन खड्काले बताए। जसमा संग्लन ७ जना युवतीलाई वडा प्रहरी कार्यालय बगरले पक्राउ गरेको छ । दुई समुह बिच कुटाकुट हँुदा भिमाद घर भइ हाल हेम्जा–१ याम्दी बस्ने लक्ष्मी थापा र पोखरा–१ बगरकी प्रिया थापा मगरको टाउकोमा चोट लागेको थियो। मगरको फिस्टेलमा र थापाको मणिपाल शिक्षण अस्पतालमा उपचार गरेपछि बगर प्रहरीले नियन्त्रणमा लिएको थियो।

घट्नामा संग्लन थापा पक्षकी हेम्जा–१ याम्दी घर भएकी निरु तामाङ र मगर पक्षकी पोखरा–१ मिरुवा घर भएकी भूमिका राणा, हेम्जा–१ की खुश्वु राना मगर, पोखरा १२ शितलादेवीकी रविना गुरुङ्ग, पोखरा–११ फुलबारीकी बन्धना गुरुङलाई बगर प्रहरीेले नियन्त्रणमा लिएको छ।

प्रिया थापा मगरको पक्षले निरू तामाङ्गको पक्षलाई अपशब्द प्रयोग गर्दै गालिगलोच गरेपछि तामाङ्ग पक्षले झगडाको आह्वान गरेको थियो । त्यस पछि तामाङ्गको आह्वानलाई स्वीकार्दै प्रियासहित ५ जना युवतीको टोली आइतबार साँझ ५.३० बजे हेम्जा याम्दी पुल नजिकै पुगेका थिए । त्यसपछि दुई समूह बिच करिब १०–१५ मिनेट झडप भएको एक स्थानीयले बताए।

दुई समूह झडप गर्ने उद्देश्यले आएपनि उनीहरूबाट कुनै त्यस्तो धारिलो हातहतियार फेला नपरेको प्रहरी निरीक्षक खड्काले बताए। उलने भने ‘लड्नको लागिनै तामाङ्गको पक्षले प्रियाको पक्षलाई बोलाएको हो। झडपमा हतियार प्रयोग भएको छैन । तर दुवै पक्षले ढुङ्गाले हानेको हुनाले दुई जना घाईते भएका थिए । घट्नामा संलग्न सात जनालाई थप अनुसन्धानका लागि हामीले नियन्त्रणमा राखेका छौ।’

खड्काका अनुसार यस अघि आफ्नो क्षेत्रमा युवतीहरुको झगडाको घट्ना नभएको बताए। गत बर्ष लेखनाथमा भएको युवती विचको झगडाको घटना जिल्ला प्रहरी कार्यालयमा आई पुगेको थियो। कुटपिटमा परेकी युवतीले निवेदन दिएकी थिईन्। तर कुट्ने युवतीहरु फेला परेनन्। पछि ती कुटिएकी युवतीले मुद्दा दर्ता गर्न मानिन्। प्रहरीकोमा मुद्दा दर्ता नभएको त्यो घटनाले यूट्युमा भने निकै चर्चा पाएको थियो।


आफ्नो विचार व्यक्त गर्नुहोस्

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस