एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १५ साउन। नेपाल साफ यू-१६ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतसँग पराजित भएको छ। भारतले नेपाललाई १–० ले पराजित गर्दै उपाधि जितेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतका जेरीले नेपालविरुद्ध पहिलो १ गोल १८ मिनेटमा गरेका थिए।

समूह चरणको तीनवटै खेल जितेको नेपालले सेमिफाइनलमा बंगलादेशलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेपनि भारतसंग पराजय भोग्नु पर्यो। खेल अवधिमा नेपालले १४
र भारतले ६ सट्सको अवसरको सदुपयोग हुन सकेन। त्यसैगरी, नेपालले ५ र भारतले ३ कर्नर पाएका थिए।

नेपालको तर्फबाट हेमन्त थापामगर क्याप्टन, गोलकिपर रोमन रसाईली र अन्य खेलाडीहरुमा अमित तामाङ, अनन्त तामाङ, आकाश थापा, दिनेश राजवंशी, अन्जन विष्ट, विकास थापा, विमल घर्तिमगर, शिव सुवेदी र सुजन लिम्बु रहेका थिए।

यस्तै। नेपाल आर्मीको मैदान लगनखेलमा तेश्रो स्थानका लागि भएको खेलमा बंगलादेशले अफगानिस्तानलाई १–० ले हराएको छ। यसअघि पहिलो संस्करणको फाइनलमा भारतलाई पाकिस्तानले हराएको थियो।



आफ्नो विचार व्यक्त गर्नुहोस्

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस