Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

मुलुक संघीयतामा जाने सम्भावना नै छैनः देउवा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २ चैत । नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले नेपाल संघीयतामा जाने सम्भावना नै नभएको ठोकुवा गरेका छन्। 

जेठ १४ गतेभित्रै शान्ति र लोकतान्त्रिक संविधान निर्माण कार्य पुरा गर्न दवाव दिने उद्देश्यले रिपोर्टर्स क्लब नेपालले सुरु गरेको अभियान अर्न्तगत अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएको पत्रकारहरुको टोलीसँगको कुराकानीमा देउवाले संघीयताको हिमायति एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै संघीयता नचाहेकोले मुलुक संघीयतामा जानै नसक्ने ठोकुवा गरे।

उनले भने-माओवादी अध्यक्ष प्रचण्डले नै अखण्ड चितवन टुक्रिदैन भनेपछि कसरी मुलुक संघीयतामा जान्छ ? माओवादीकै अन्य नेताहरुले स्याङ्जा, पाल्पा , नवलपरासी, अखण्ड सुदूर पश्चिम र अखण्ड कर्णाली लगायतका जिल्लाहरु संघीयता जानबाट अबरोध सिर्जना गरिरहेका छन्।
मुलुक जातीय संघीयतामा जानै नसक्ने भन्दै देउवाले संघीयताको विषयमा प्रधानमन्त्री डा बाबुराम भट्टराराई र प्रचण्डले धारणा खुलस्त पार्नु पर्ने बताए।

राज्यपुनर्संरचना आयोगले संघियताको विषयमा नेपाली जनतालाई लादन खोजको आरोप लगाउँदै चितवनलाई टुक्राएर चौतारा राजधानी बनाएर कसरी त्यस क्षेत्रको विकास गर्न सक्छन भनेर प्रश्न समेत गरे।

७५ वटै जिल्लालाई संघ बनाउनु पर्ने भन्ने आफ्नो धारणाको बचाउ गर्दै बरिष्ठ नेता देउवाले भने-नेपाल भन्दा सानो मुलुक स्विजरल्याण्डमा ३७ वटा प्रान्त हुन सक्छ भने नेपालमा किन ७५ वटा प्रान्त हुन सक्दैन ?

जेठ १४ मा संविधान जारी हुन नसके संविधान सभाको म्याद फेरि थप्ने अवस्था नभएको भन्दै देउवाले ताजा जनादेशमा जानु पर्ने बताए । उनले भने-दुइ वर्षमा गर्र्छौ भनेर आएका हामीहरुलाई फेरि अब म्याद थप गर्न लाज हुन्छ । सर्वोच्च अदालतले नै म्याद थप्न नमानेकोले अब नयाँ चुनावमा जानुको विकल्प छैन।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by