गोवर्धन पूजा/ एचकेनेपाल डट कम-
बोस्टन अमेरिका। बोस्टनका प्रतिनिधि साहित्यकारहरूको मासिक साहित्यिक शृंखला ‘सिर्जना उत्सव’ कविता र नाचगान गरि सम्पन्न भएको छ।

क्याम्ब्रिजमा आइतबार साँझ आयोजित उत्सवमा कार्यक्रमका सभापति साहित्यकार हरि थापाले अतिथिहरूको स्वागत गज़लबाट गरेपछि गायक, संगीतकार एवं गीतकार महेश्वर पन्तले सस्वर गज़ल र गीत प्रस्तुत गरेका थिए। पन्तले आफूले गाएको गीतका साथै उनको शब्द रचनामा नरेन्द्र प्यासी र स्वरूप राज आचार्यले गाएको गीत र गज़ल पनि प्रस्तुत गरेर माहोललाई संगीतमय पारे।

कार्यक्रमका साहित्यकार दिनेश राजभण्डारीले ५२ वर्ष अघि सिर्जना गरेको दुईटा कविता र त्यसको रचना गर्व प्रस्तुत गरे। उनले त्यति बेला कविता लेखेर जेल जाँदाको भयावह अवस्थाको चित्र पनि प्रस्तुत गरे। दीपा राई पुनले कार्यक्रमको बढ्दो चर्चा र आगामी दिनमा गर्नुपर्ने कार्यको बारेमा चर्चा गर्दै कविता बाचन गरिन्। उनले कार्यक्रमलाई अझ रोचक र महत्वपूर्ण बनाउन आगामी कार्यक्रम सामुद्रिक किनारमा गर्ने योजना पनि सुनाइन्।

गीतकार अनु शाह र ममता कर्माचार्यले गज़ल र छोटा कविता सुनाएर कार्यक्रममा रोचकता थपे भने साहित्य अनुरागी ज्ञानप्रकाश शर्माले कवयित्री रन्जु मार्गको कविता बाचन गरे। एलबि ऐरको व्यंग्य कविता, कृष्ण पाण्डेको कविता वाचन र वर्षा बुड़ाथोकीको चित्रकलाले पनि कार्यक्रमलाई रोचक बनाएको थियो।

कार्यक्रम संयोजक गोवर्धन पूजाले आगामी दिनमा पनि सिर्जना उत्सवमा साहित्यकारको एकल कविता वाचन र सम्मान कार्यक्रम गरिने योजना बताए। उनले साहित्यकार तुलसी दिवसको टिकटमा गरिएको एकल कविताको इतिहासिक सफलताको चर्चा गर्दै अमेरिकामा टिकट छापेर नेपाली साहित्यकारको कविता वाचन कार्यक्रम गरिएको सम्भवत पहिलो कार्यक्रम भएको पनि दावी गरे। उनले सिर्जना उत्सव स्थापनाको छोटो अवधिमा नै साहित्यकार गोविन्द गिरी प्रेरणा र उषा शेरचनसंग “ सर्जकसंग एक सांझ “ जस्तो अत्यन्तै मौलिक कार्यक्रम गरेकाले धेरै साहित्यकार बीच परिचित बन्न पुगेको बताए।

कार्यक्रमका सभापति हरि थापाले सिर्जना उत्सवले सर्जकलाई सिर्जना गर्न प्रोत्साहित गरेको बताउदै आफ्नो लेखन यात्रालाई पनि यसले नया मोडमा पुर्याउने आशा व्यक्त गरे।
भैरवी थापाको रात्रिभोज सौजन्यतामा आयोजित कार्यक्रममा साहित्यकारहरूले सिर्जना बाचन पश्चात नाचगान गरेर कार्यक्रमलाई मनोरन्जनात्मक बनाए।




आफ्नो विचार व्यक्त गर्नुहोस्

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस