सौरभ श्रेष्ठ /एचकेनेपाल डट कम-
ललितपुरको पुल्चोकस्थित व्यस्त बजारको ग्रिन क्याफे रेस्ट्रो एण्ड बारमा शुक्रबार बेलुकी राम्रै भिड थियो। सो दिन उक्त रेष्टुरेण्टको ओपनिङ थियो र ओपनिङ गर्न आएका थिए महानायक राजेश हमाल।

अहिले निक्कै चर्चामा रहेको चलचित्र ‘हँसिया’ को शुटिङमा व्यस्त नायक हमाल हँसियाका निर्देशक मिलन चाम्स र नायिका हेमा श्रेष्ठका साथ शुटिङ स्पटबाटै डाइरेक्ट रेष्टुरेण्ट ओपनिङमा आएका थिए र तीनै जना मिलेर रेष्टुरेण्टको ओपनिङ रिवन समेत काटे। अबका दिनमा राम्रा फिल्म मात्र गर्ने दृढता बोकेका राजेश हमाल आजकाल यस्ता समारोहमा आउन पनि उत्तिकै मन पराउँछन्।

पूर्वेली व्यवसायीहरु सोम श्रेष्ठ, अशोक राई, नीलम राई र सागर लामाको लगानीमा खोलिएको रेष्ट्रोरेण्ट ओपनिङमा राजेश हमालले केहीवेर हँसिमजाक समेत गर्न भ्याएका थिए।




आफ्नो विचार व्यक्त गर्नुहोस्

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस