एचकेनेपाल डट कम संवाददाता-
हङकङ। हङकङमा फेरि एउटा नयाँ संस्थाको जन्म भएको छ हङकङ नेपाली महिला संघ जसको अंग्रजी नाम हो- ‘Hong Kong Nepali Women Association’ ।
कंगन रेष्टुरेण्टमा हालै भएको उत्साहित महिलाहरुको वृहत भेलाले समाजसेवी टीका देवी गुरुङको अध्यक्षतामा एउटा तदर्थ समिति गठन गरेको छ। समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष रोसनी खरेल(ढकाल), महासचिव परिना सुव्वा, कोषाध्यक्ष शारोन पुन मगर, सचिव मिनू श्रीस मगर, सहसचिव ईन्दिरा पुन (खरेल) र सहकोषाध्यक्ष तुलसी राई रहेका छन्।
त्यसैगरी, सदस्यहरुमा प्यारा गुरुङ, सरस्वति तामाङ, माया लिम्वू, सीता वनेम, पूर्ण गुरुङ, अनु तामाङ, शवित्रा राई, अनिता गुरुङ, ईन्द्रा गुरुङ आरती गुरुङ, लक्ष्मी तामाङ, नैनाकला लिम्बू, पवित्रा श्रेष्ठ र कञ्चन घले रहेका छन्।
पदम कुमारी गुरुङ, चन्द्रज्योति आले मगर, डा.शर्मिला गुरुङ, विद्या राई, पम्फा ज्ञवाली, भगवती पाण्डे, गोमा शर्मा, सविता घले, शान्तिकला राई, लुना खड्का, रमा खड्का र वेञ्जू पौडेल रहेको एउटा सल्लाहकार समिति पनि गठन भएको छ।
अध्यक्ष गुरुङका अनुसार हङकङमा विभिन्न राजनीतिक, जातिगत, व्यापारिक, क्षेत्रीय र धार्मिक संघसंस्थाहरु हुंदा हुदैपनि त्यसमा महिला प्रतिनिधित्व अत्यन्त कम रहेको तथा हङकङमा रहेका सम्पूर्ण महिलाहरुलाई समेट्ने कुनैपनि संस्था नभएको यो नयाँ संस्थाको जन्म दिनु अति आवश्यक थियो। सांगठनिक गतिविधि, राजनीति, शिक्षा, व्यापार व्यवसाय, पेशा, कलाकारिता आदि जस्ता सबै क्षेत्रमा हङकङका महिलाहरु उत्तिकै सवल रहेको र नेपाली समाजमा उनीहरुको पहिचान उसैगरी कायम राखी राख्न महिला एकता र एउटा प्रतिनीधि संगठनको खाँचो थियो त्यो अहिले पूरा भएको छ।
आफ्नो विचार व्यक्त गर्नुहोस्
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस