–सागर श्रेष्ठ
बैदेशिक रोजगारीको सिल सिलामा साउदी अरेविया पुगेका करीव ६ लाख ५० हजारको हाराहारीमा रहेका नेपालीहरुमध्ये अधिकांश नेपालीहरु लेबर भिषामा गएको पाईन्छ। विशेष गरि नेपाली कामदारहरुले काम गर्ने भनेकै थ्रि डि हो। अहिले साउदी अरेवियामा करीव ८०–९० हजारको हाराहारीमा ईलिगल नेपालीहरु रहेको अनुमान गरिन्छ।


यसरी दिनको ४५–५२ डिग्रिको तापक्रम र रातमा खुल्ला आकासमा सुत्न विवश छन् नेपालीहरु। फोटोः सुर्य खड्का

अहिले साउदी सरकारले आम माफी दिई ईलिगल रुपमा काम गरिरहेका कामदारहरुलाई स्वदेश फर्कनको लागि जुलाई ३ सम्मको समयसिमा दिएको थियो। उक्त समयसिमामा करीव ४० हजारको हाराहारीमा नेपालीहरुले नेपाल फर्कनको लागि निबेदन दिएको दूताबासले जनाएको छ। केहि नेपालीहरु नर्फकेका पनि होईनन् तर स्थिति नसोचेको बन्न पुग्यो। दिएको अवधिमा प्रकृया पु¥याएर फर्कन नसकेपछि पुनः साउदी नरेशद्वारा नोभेम्बर ४, २०१३ सम्मकोलागि थप गरिएको छ। यो एउटा खुसीको पाटो भएपनि अर्कोतर्फ नेपाल फर्कनको लागि सबै कामदाम छाडेर बसेका नेपालीहरु भनेकै समयमा फर्कन सकेनन्।


साउदी अरेवियाको पूर्वीय प्रान्त दमाममा नेपाल फर्कनको लागि पर्खेर बसेका नेपालीहरु। फोटोः राजेश लिम्बू

अहिले हजारौं नेपालीहरु दिनमा ४५–५२ डिग्री तापक्रममा खुल्ला चौरमा बस्न विवश छन भने रातमा पुल मुनि र रुखमुनी सुत्न विवश छन्। यस्तो अवस्थामा ति नेपालीहरु नत काममा फर्कन सकेका छन् नत नेपाल नै। विभिन्न श्रोतले दिएको जानकारी अनुसार जो सित पैसा छ, जसले खर्च गर्न सक्छ उ नेपाल फर्कन पाईरहेका छन्। जो सित पैसा छैन खर्च गर्न सक्दैन उ नेपाल फर्कन सकिरहेको अवस्था छैन। उनीहरु अलपत्रमा परिरहेका छन्। अव त ति नेपालीहरुसंग भएको अलि अलि पैसा पनि सकिएको छ। खान नपाएरै मर्नेपो हुन् कि भन्ने स्थितीमा पुगेबम छन्। वस्ने ठाउँ छैन, खाने ठाउँ छैन, पैसा छैन यस्ता समस्याहरुले गर्दा ति नेपालीहरुको स्वास्थ्य दिन प्रतिदिन नाजुक हुदै गईरहेको समाचारहरु प्राप्त भएको छ।

पुन जी र सुर्य खड्का जीले साउदी बाट दिएको जानकारी र फोटाहरु अनुसार अब पनि सम्बन्धीत निकायले चासो नदेखाउने हो भने ति नेपालीहरुको स्वास्थ्यमा गम्भीर असर पर्न गई भविष्यमा ठूलो टुर्घटना नपर्ला भन्न सकिन्न । सम्बन्धीत निकायलाई बेलैमा चेतना भया।


आफ्नो विचार व्यक्त गर्नुहोस्

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


allownetworking=”internal”

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस