Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

काठमाडौबासीले अब धुलो र हिलोमा हिड्न पर्दैनः त्रिपाठी

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २ चैत । भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले काठमाडौबासीले धुलो र हिलो सडकबाट हिड्न नपर्ने बताएका छन्। 

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा शुक्रवार मन्त्री त्रिपाठीले काठमाडौको सडक विस्तार अभियान नरोकिने स्पष्ट पार्दै टेण्डर प्रक्रिया अन्तिम चरणमा रहेकोले अब धमाधम भत्काईएका स्थानमा सडक निर्माण हुने बताए।

कानून अनुसार नै राजधानीसहित मुलुकका विभिन्न क्षेत्रमा सडक विस्तार अभियान सुरु गरिएको भन्दै कुनै पनि बहानामा यो अभियान नरोकिने स्पष्ट पारे।

उनले राजधानीको खोला किनारमा बसिरहेका सुकुम्बासी कुनै बेला खाली गरिएको जानकारी आउन सक्ने भन्दै बास्तविक सुकुम्बासीलाई भने विकल्प दिईने बताए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by