एचकेनेपाल डट कम संवाददाता-
पोखरा, १३ श्रावण। पोखराको लामाचौरमा पनि बर्डफ्लु भेटिएको छ। रोशन पुनले बेच्नको लागि पालेको कुखुरामा बर्डफ्लु भेटिएको हो।

पुनले जाँचका लागि पशुसेवा कार्यालयमार्फत काठमाडौं प्रयोगशालामा पठाएर परीक्षण गर्दा बर्डफ्लु लागेको पुष्टि भएको हो। पुनको गर्बुजा फ्रेस हाउसमा पशु प्राविधिक टोलीले गएर आइतवार २७ कुखुरा, ८ किलो मासु, ५ किलो दाना, र ६ सय ९० वटा अन्डा नष्ट गरिएको छ। त्यसैगरी, रातोपैह्रो हनुमान टोलका बासिन्दाले पालेको कुखरा बर्डफ्लुका कारण भकाभक मरेको स्थानीयबासीले जनाएको छ।


आफ्नो विचार व्यक्त गर्नुहोस्


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस