मोहन राई/ एचकेनेपाल डट कम-
धनकुटा, २ चैत्र । समयमा संविधान जारी गरिनु पर्ने, संघीयताको निर्णय खारेजी र स्थानीय निकायको निर्वाचनको माग गर्दै राष्ट्रिय जनमोर्चाले बिहीबार मेची कोशी बन्द आब्हान गर्यो।
बन्दका कारण कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा बिहानैदेखि यातायात प्रभावित बनेको थियो। धनकुटा सदरमुकाम भएर तेह्रथुम, संखुवासभा र भोजपुरतर्फ चल्ने सवारी साधन समेत नचलेको प्रहरीले जनाएको छ।
बन्दका कारण बजार, पसल, शिक्षण संस्था आंशिक प्रभावित भएका थिए। सरकार समक्ष आफ्ना माग पुरा गराउन दवाव स्वरुप चरणबद्ध आन्दोलनको क्रममा बन्द आब्हान गरिएको राष्ट्रिय जनमोर्चा धनकुटाका सचिव तुलमान राईले जानकारी दिए।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस