एचकेनेपाल डट कम संवाददाता-
धादिङ, १३ श्रावण। गुण्डा नाइकेका रुपमा चिनिएका दिनेश अधिकारी चरी पक्राउको विरोधमा नेकपा एमालेले धादिङ बन्द गरेको छ। बन्दका कारण धादिङ बजार ठप्प पारिएको छ भने यातायात र शिक्षणहरुसमेत बन्द भएका छन्। अवैध हतियारमा संलग्नता र गाडीले ठक्कर दिएको अभियोगमा बयानका लागि प्रहरीले चरीलाई शनिवार पक्राउ गरेको थियो।
पक्राउ परेका चरीलाई छुटाउन एमाले पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे, युवा संघ नेपालका अध्यक्ष महेश बस्नेत लगायतकाले शनिवार बेलुका प्रशासनलाई दबाब दिएका थिए। पटक पटक प्रहरी अनुसन्धानबाट जोगिदै आएका चरीलाई उनीबाटै छुटेका समूहले गोली प्रहार गरेर हत्या प्रयाशसमेत थिए।
अपडेटः
धादिङ बजार बन्द गरेर जिल्लास्तरीय एमाले नेताहरुले भाषण दिइरहंदा स्थानीयबासी बन्दको विरोधमा उत्रेपछि यातायात सुचारु भएको छ।
आफ्नो विचार व्यक्त गर्नुहोस्
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस