एचकेनेपाल डट कम संवाददाता-
पोखरा, १२ साउन। पोखरा –१७ दोविल्लामा आफ्नै भवनमा हालै संचालनमा आएको सहारा एकेडेमिमा एक जना बालक थपिएका छन्। लेखनाथ पट्नेरीका ९ बर्षीय सन्दिप क्षेत्री एकेडेमिमा थपिएको क्लवले जनाएको छ।
२०६७ सालमा आफ्ना बाबु गुमाएका क्षत्री कक्षा ५ मा अध्ययरत छन्। उनको आर्थिक अबस्था कमजोर भएका कारण क्षेत्री छनौट भएको वालक छनौट समितिका संयोजक एवं क्लवका बरिष्ठ उपाध्यक्ष विरभद्र आचार्यले बताए।
चच हुई फनपार्कमा सहारा एकेडेमिका बालकहरु। तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम
पोखरा १०, इन्द्रचोकका सुमन गुरुङले ५ हजार १ सय र अन्नपुर्ण टोल पोखरा ७ का कुमार गुरुङले ५ हजार १ सय सहारा एकेडेमिमा सहयोग गरेको क्लबका अध्यक्ष विक्रम थकालीले बताए।
पोखरा १७ दोविल्लामा बिभिन्न व्यतिm तथा संघ संस्थाहरुको सहयोगबाट करीब २ करोडको लागतमा हालै निमार्ण भएको सहारा एकेडेमिमा ३० जना वालकहरुको क्षमताको भवन निमार्ण भएको छ।
क्लबले एकेडेमिका वालकहरुलाई मनोरञ्जन दिने उद्धेश्यले चच हुई फनपार्कमा समेत अवलोकन गराको छ। कठिन परिस्थिती एवं विपन्न बर्गका वालकहरुलाई एकेडेमिमा क्लबले अझै १६ जना वालकहरुलाई राख्न सकिने क्लबले जनाएको छ। यसै विच भाद्र ९ गते सहारा एकेडेमिको सहयोगार्थ हङकङमा हङकङ सहारा साँझ २०१३ हुने भएको छ।
दोविल्ला पोखरामा कीिव २६ रोपनी जग्गा खरिद गरि एकेडेमीको लागि आवश्यक पूर्वधारहरुको निमार्ण भई सकेको क्लबले जनाएको छ। २०७० सालदेखि दोश्रो चरणको एकेडेमी सञ्चालन गर्नको लागि नेपाल भरिबाट करिब ३० जना बालकहरु छनौट गर्ने कार्यक्रम रहेको छ। छनौटमा परेका वालकहरुमध्ये ८ जनाले बाबु तथा आमा गुमाएका छन्। ८ देखि १० बर्ष मुनिका ३ देखि ५ कक्षामा अध्ययनरत बालकहरुलाई शिशुकल्याण निम्न माध्यमिक विद्यालय, खल्ल्याङ, भरतपोखरी–४ मा निःशुल्क अध्यापनको व्यवस्था मिलाएको संयोजक आचार्यले बताए। अन्य वालकहरुलाई छनौट गर्ने क्रम जारी रहेको छ आचार्यले बताए।
आफ्नो विचार व्यक्त गर्नुहोस्
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस