जिल्ला प्रहरी कार्यालय, कास्कीको प्रेस विज्ञप्ति जस्ताको तस्तै
फिर्के खोलामा वेपत्ता भएका व्यक्तिको शव भेटियो
मिति २०७०।४।९ गते साँझको समयमा फिर्के खोलामा खसी वेपत्ता भएका जि. कास्की पोखरा उप.म.न.पा. वडा नं. ४ बस्ने वर्ष ५० का केशव पराजुलीको मिति २०७०।४।९ देखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना समेतको टोलीले खोजतलास गरिरहेकोमा आज मिति २०७०।४।११ गते अं. १३ः२५ बजेको समयमा पोखरा १७ स्थित फिर्के र फेवातालको संगम स्थिल नजिक फेवातालमा तैरिरहेको अवस्थामा फेला परेको छ । उक्त मृतकको लासजाँच लगायतको अनुसन्धान कार्य सम्पन्न गरी प.क्षे. अस्पताल पोखराबाट पोष्टमार्टम पश्चात आफन्तको जिम्मा दिईएको।

युवतीको मृत्यु
जि. स्याङ्गजा विचारीचौतारा ५ बस्ने वर्ष २० को त्रिलोचन शर्मा र जि. तनहुँ दुलेगौडा २ बस्ने वर्ष १९ कि रुपा मगर मिति २०७०।४।१० गते अं. १२ः०० बजेको समयमा डेमसाईट स्थित होटल अशोकमा गई उक्त होटलको बाहिर बसी दुवैले चिसो (स्प्राईट) मगाई खाएका र अं. १५ मिनेट जति सोही स्थानमा बसी कुराकानी पश्चात सोही होटलको कोठा बुक गरी बसेकोमा केही समय पश्चात निज त्रिलोचन शर्मा टाउकोमा काटिएको गम्भिर चोट सहित कोठा बाहिर आई मलाई निज केटीले खुकुरी प्रहार गरिन उपचारको लागि पठाई दिनु होस भनि भने पश्चात उक्त होटलबाट तत्काल प्रहरीलाई खवर गरी निज घाईतेलाई उपचारको लागि फेवासिटीमा पठाएकोमा त्यहाँ उपचार हुन नसकि मणिपाल शिक्षण अस्पतालमा पु¥याई सघन उपचार कक्षमा उपचाररत रहेको । सूचना प्राप्त हुनासाथ तत्काल खटिई गएको प्रहरी टोली उक्त होटलमा गई हेर्दा भित्रबाट ढोकामा चुकुल लगाएको पाए पछि बाहिर झ्यालबाट हेर्दा सलले सोही कोठामा रहेको पंखामा झुण्डिई रहेको अवस्थामा भेटिएको । निज केटीको मृतक शवको पोष्टमार्टमको कार्य सम्पन्न भई अन्य अनुसन्धान भईरहेको छ।

कारागारबाट कैदी फरार
मिति २०६९।१२।२० गतेबाट जवरजस्ती करणी मुद्धामा सम्मानित जिल्ला अदालतको आदेशले कारागार कार्यालय कास्कीमा पूर्पक्षको लागि थुनामा रहेको थुनुवा जि. कास्की सैमराङ्ग गा.वि.स. वडा नं. ६ घर भई पोखरा १२ माटेपानी बस्ने भिम बहादुर तामाङ्गको छोरा वर्ष २५ को खजना भन्ने हेम कुमार तामाङ्ग आज मिति २०७०।४।११ गते बिहान ०८ः०० बजेको समयमा कारागार शाखा कास्कीको भित्रको फोहर बाहिर फ्याक्ने स्थानमा फाल्न भनी ल्याएको अवस्थामा प्रहरीलाई झुक्याई भागी फरार भएको । उक्त फरार कैदीको भाग्न सक्ने संभावित र शंकास्पद एरियामा व्यापक खोजतलास भैरहेको छ।

साथै उक्त घटना को कसको लापरवाही, कमी कमजोरीको कारणबाट के कसरी हुन गएको भनि छानविनका लागि प्र.ना.उ. सन्तोष खड्का अध्यक्षतामा ७ दिन भित्र प्रतिवेदन पेश गर्ने गरी तीन सदस्यीय टोली गठन भएको र सो टोलीले आजैबाट आफनो कार्य शुरु गरेको छ । उक्त घटनाको सम्बन्धमा छानविनको क्रममा आजैका मिति देखि लागू हुने गरि कारागारमा कार्यरत प्र.ह.१ र प्र.ज. २ गरी ३ जना प्रहरी कर्मचारीलाई निलम्वन गरी कारागार शाखाका प्रमुख प्र.ना.नि.लाई निलम्वनको लागि सिफारिश भई अन्य अनुसन्धान कार्य भईरहेको छ।

मिति ः २०७०।४।११ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की


आफ्नो विचार व्यक्त गर्नुहोस्


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस