एचकेनेपाल डट कम संवाददाता-
हङकङ, दार्चुला बाढी पीडितका लागि गैर–आवासीय नेपाली संघ (एनआरएनए) को आयोजना र नेपाली कलाकार संघको संयोजनमा सांस्कृतिक कार्यक्रम ‘राहत–२’ सांस्कृतिक कार्यक्रम हुने भएको छ।
जानकारीसभामा एनआरएनएका संयोजक मीनबहादुर गुरुङले ‘नेपालीका लागि नेपालीद्वारा’ भन्ने नारालाई साकार बनाउँन कार्यक्रमको आयोजना गर्न लागिएको बताए। उनले विगतमा सप्तकोशी बाढी पीडित, सिचुवान भूकम्प पीडित र जापान सुनामी पीडितको लागि सहयोग गरिएको स्मरण गर्दै परम्परालाई निरन्तरता दिन कार्यक्रमको आयोजना गर्न लागिएको बताए।
भिडियो हेर्नुहोस्
Camera: Jagat Ambu Gurung, Edit: Pashan Tamoo/ HKNepal.com
Please subscribe so you’ll see our next video! http://alturl.com/9s8k9
Don’t forget to watch in HD! Thumb up, Comment & Share it!:)
सोही अवसरमा कलाकार संघका सहसचिव हेम राईले कार्यक्रम अगष्ट २५ का दिन काउलुन पार्क पियाजामा आयोजना हुने जानकारी दिए। उनका अनुसार कार्यक्रममा स्थानीय नेपाली कलाकारका साथ नेपालबाट आमन्त्रित पहिलो नेपाली ताराका फस्ट रनरअप धर्मेन्द्र सेवान, गायक सपन श्रेष्ठ र प्रथम मिस लिम्बूकी मिस ट्यालेण्ट निशा लिम्बूका प्रस्तुति रहनेछन्।
‘राहत–२’ पोस्टर सार्वजनिक गर्ने क्रममा जनजाति महासंघका अध्यक्ष थापा, एनआरएनएका संयोजक गुरुङ, कलाकार संघका सहसचिव राई र चुम्लुङका अध्यक्ष लुङफुङवा।
जानकारीसभामा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष मैनबहादुर थापा र किरात याक्थुङ चुम्लुङका अध्यक्ष त्रिभुवन लुङफुङवाले कार्यक्रम सफलताको कामना व्यक्त गरेका थिए। कार्यक्रमलाई सचिव सन्तोष राईले सञ्चालन गरेका थिए।
तस्बिर तथा भिडियोः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम
आफ्नो विचार व्यक्त गर्नुहोस्
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस