रमेश खावाजु /एचकेनेपाल डट कम-
दक्षिण कोरिया। गर्मियाम अवसर पारेर नेवाः पुचः दक्षिण कोरियाद्वारा आयोजित “रमाइलो पिकनिक -४” भव्य रुपमा सम्पन्न भयो। कार्यक्रममा विभिन्न खेलकुद,गायन प्रतियोगिता,नाच गान गर्ने तथा मिठो नेवारी र कोरियन भोजनको ब्यबस्था गरिएको थियो।

हिलोमा खेल्दै नेपालीहरु
नेवारी तथा नेपाली कला संस्कृति जगेर्ना गर्ने तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको नेवा पुचः दक्षिण कोरियाले बिगत ३ बर्षदेखि गर्मि याममा मनोरंजन गराउने उद्देश्यले रमाइलो पिकनिक कार्यक्रम गर्दै आइरहेको थियो। यस वर्ष कोरियाको देछन् हेसुयोकजाङ्गको देचन मद् छुक्चे कार्यक्रम स्थलमा गएर मनाईएको पिकनिक कार्यक्रममा सहभागीहरु नेपालीहरुले धित मर्ने गरि हिलोमा खेलि तथा समुन्द्रमा विभिन्न खेल खेलेर मनोरंजन लिए।

पिकनिकमा सहभागी भएकी सुनसरी जिल्ला धरान नगरपालिका ८ की पुनम तामाङले नेवा पुचःको पिकनिकमा सहभागी हुन पाउँदा एकदम खुसि लागेको बताइन् साथै कोरिया आएर यसरी पिकनिकमा हिलोमा खेलेको क्षण सधैं सम्झिरहने पनि बताइन्। करीब १६ बर्ष पहिलेदेखि गर्मियाम संचालन हुने मुद फेस्टिवलमा स्वदेशी तथा बिदेशी गरी लाखौं व्यक्तिहरु हिलोमा खेली मनोरंजन लिन्छन्। पिकनिकमा करीब ५० जना नेपालीहरुको सहभागीता रहेको थियो।

नेवारी खाना
हिजोआज नेवारी परिकारहरु अन्य चाइनिज, इन्डियन, कन्टिनेन्टल, परिकारहरूको भीडमा पनि लोकप्रिय परिकारका रुपमा चिनिन्छ । त्यस्तै दक्षिण कोरियामा पनि नेवा पुचःकोरियाले गरेका प्राय कार्यक्रमहरुमा नेवारी खानाको ब्यबस्था गरिएको हुन्छ। पिकनिक कार्यक्रममा पनि हिलोमा खेलि, समुन्द्रमा खेलेर अन्तिममा न्यु लुम्बिनी रेष्टुरेण्टले पस्केको अत्यन्त स्वादिष्ट नेवारी खानाको (छोयला, चिउरा, अचार,आलु,राजमा, भटमास, अदुवा लसुन, कुखुराको मासु, जाँड) स्वादले सबै सहभागीहरुलाई लठ्ठ नै पारेको थियो।

करीब ३ महिनाअघि कोरिया प्रवेश गरेका भक्तपुर जिल्ला झौखेल-८ गाबिसका राम प्रसाद कासुलाले कोरियामा पहिलो पल्ट धेरै नेपालीहरुसित पिकनिक कार्यक्रम मार्फत भेटघाट तथा नेवारी खाना खान पाउँदा नेपाल सम्झेको बताए। एकदम रमाइलो, हसाउने खालको कार्यक्रम, गीत संगीत अनि नाचगानको कार्यक्रम, समुन्द्रमा हिलो तथा पानीमा खेलेर रमाइलो गर्दा समय नपुगेको जस्तो उनले बताए।

“दोश्रो नेवा बस स्टार २०१३” गायन प्रतियोगिता
पिकनिक कार्यक्रमलाई मनोरंजन दिलाउने उद्देश्यले गत बर्षदेखि गाडीमा गायन प्रतियोगिताको पनि आयोजना गरिएको थियो। गत बर्षको पिकनिकमा प्रकृति शर्मा “नेवा बस स्टार २०१२” को पुरस्कारको बिजेता बनेकी थिइन्। यस बर्ष भएको “नेवा बस स्टार २०१३” को प्रतियोगितामा १२ जना प्रतियोगीहरुले गीत, संगीत, कमेडी तथा नाचगान गरेर पिकनिकमा सहभागीहरुलाई निकै मनोरंजन दिएका थिए। १२ जना बीचमा कडा प्रतिस्पर्धा गर्ने क्रममा अन्तिममा दुई सहभागीहरु मात्र अन्तिम राउण्डमा छानिएका थिए र त्यस मध्ये अत्यधिक मतद्वारा EPS छिन्गु नामबाट कोरियामा नेपालीहरुको माझमा चिरपरिचित अरुण श्रेष्ठले “नेवाः पुचः बस स्टार २०१३”को पुरस्कार प्राप्त गर्न सफल भए। उज्ज्वल कर्माचार्यले भने दोस्रो पुरस्कार हात पारे। पुरस्कार प्राप्त गर्दै अरुण श्रेष्ठले सम्पूर्ण भोट गर्ने पिकनिकमा सहभागी साथीहरु तथा आयोजकलाई पनि धन्यबाद दिए।

समुन्द्रमा सहभागी सम्पूर्ण सहभागीहरुको हँसिलो मुहारले पिकनिक कार्यक्रम अत्यधिक सफल भएको र मनोरंजनात्मक कार्यक्रमले परदेशको उराठलाग्दो, न्यास्रोलाग्दो र परिवारबाट छुटिएर बस्नु पर्ने वाध्यकरी पीडादायक जीवनलाई बिर्साएको महसुस गरेको नेवा पुचका अध्यक्ष नबिन बज्राचार्यले बताए। पिकनिक कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई उनले धन्यबाद यक्त गरे।


आफ्नो विचार व्यक्त गर्नुहोस्


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस