केपिकिरण शर्मा / एचकेनेपाल डट कम-
चितवन, ९ साउन। ‘छिन्छ क्यारे सारङगी तार दुःख सुख यस्तै हो सन्सार…’ चड्दो साउनको बढदो गर्मीसंगै वगिरहेका पसिनाका धाराको पर्वाहा नगरी एकोहोरो सारङगी रेटदै थिए रामबहादुर गन्धर्ब।
५० बर्षीय गन्धर्बको दैनिकी विहान सारङगीको धुनसंगै सुरु हुन्छ र वेलुकी पनि सारङगीको अन्तिम र्याई र्याईसंगै आफ्नो बासस्थान फर्कन्छन्। लम्जुङ जिल्लाको राईनासमा ६ भाईहरुमध्ये जेठा रामबहादुरले आफनो गृह जिल्ला लम्जुङ नटेकेको एक दशक भन्दा बढि भईसक्यो।
त्यसो त आफू जन्मिएको माटोप्रति माया नलागेर उनी गाउँ नर्फकेका होईनन्। उनका पाचै भाईहरु कोही मुलुकका प्रमुख शहरहरुमा रहेर सारङगी रेटिरहेका छन्। पिता पुर्खाले नासो स्वरुप दिएको त्यही सारङगीले उनीहरुको सबै परिवारको जीवन चलिरहेको छ।
युवा बयमा गाउँ घरमा सारङगी रेट्दै हिड्दा रामबहादुर कम्ति रौसिला गीत गाउथेनन्। सारङगीको तालमा गीत गाउदै उनले २० बर्षे लक्का जवान उमेरमा चितवन माडीकी पुतली गन्धर्बलाई जीवन संगिनीका रुपमा घरमा भित्र्याए। घरमा केही दिन बसेर आर्जन गर्ने हेतुले त्यही सारङगी रेट्दै गाउँ घर डुलेर ६ महिनापछि घर फर्कदा त आफूले कति मनपारएर ल्याएको जीवन संगिनी अर्कोसंग विवाह गरेर गएपछि उनलाई कहिल्यैं दोश्रो विवाह गर्ने सोच पलाएन। श्रीमतिले छोडेर गएको चोट उनमा अहिले पनि ताजै छ।
त्यसैलै उनले सारङगीको भाकामा पनि उनले प्रायः जसो पिर विरह र व्यथाको गीत गाउँने गरेका छन्। चर्चित गायक तीर्थबहादुर गन्धर्ब हुन् या बुकुले गन्धर्ब हुन् उनको स्वर र कला पनि कोही भन्दा कम थिएन। तर श्रीमतिको विछोड पछि उनले विरहमा थुप्रै गीत गाए। गीत गाउदै हिडने क्रममा एक दिन उनी अकस्मात् टाईफाईटले थलिए। तीन महिना थलिएर निको हुदा उनको गीत गाउने स्वर काम नलाग्ने भईसकेको रहेछ। तै पनि उनले हिम्मत हारेनन्। वावुवाजेको नासो सारङगीलाई छाडेनन्। लर्बराउदो स्वरमा सारङगी रेटदै गाउँ घर डुल्ने क्रमलाई निरन्तरता दिए।
अहिले उनी पूर्वी चितवनको चैनपुरमा रहेको काकाको घरमा शरण लिएर वसेका छन्। दिन भरी सारङगी रेट्दै चामल पैसा बटुल्दै हिड्छन्। बेलुका बास बस्न चैनपुर जान्छन्। अहिलेसम्म त उनलाई गाह्रो सारो परेको छैन। एक्लो मान्छे जहाँ जाला वई खाला भनेझै भएको छ। तर ज्यान गल्दै गएपछि बुढेसकालको सहारा नहुँदा त्यही आफनो वावुले दिएको सारङगीलाई उनले आफनो सहारा सम्झेका छन्। कसैले किन्न त्यो सारङगी माग्यो भने उनी भन्छन् यो पैसामा आउने सारङगी होईन मेरो वावुको नासो हो। म नमरुञ्जेल यो सारङगी छोडने छैन। पछिल्लो पुस्ताका गन्धर्बहरुमा सारङगी मोह घटदै गएकोप्रति उनको निकै गुनासो छ। उनी भन्छन् गन्धर्ब जातिको सम्पतिनै सारङ्गी र कला हो। त्यो नै भएन भने केको सम्पति?
आफ्नो विचार व्यक्त गर्नुहोस्
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस