टीका राम गुरुङ-
न्यूयोर्क- लंग आइल्याण्डस्थित भ्याल्ली स्ट्रिम स्टेट पार्कमा विभिन्न किसिमका मनोरंजनपूर्ण खेलहरू समाबेश गरी गुरुङ् समाजले भब्य रूपमा वनभोज कार्यक्रम सम्पन्न गर्यो। बिहान १० बजेदेखि साँझ ७ बजेसम्म जमेको वन भोज कार्यक्रममा २५० जना भन्दा बढीको सहभागिता रहेको थियो।
वनभोज कार्यक्रम मनोरन्जनको लागि आयोजना गरिने भएतापनि समाजले यस अवसरलाई वार्षिक सभा तथा अधिवेशनको रूपमा समेत प्रयोग गर्दै आएको छ। उक्त अवसरमा सचिव शेरजंग गुरुङ्ले वार्षिक प्रतिबेदन र कोषाध्यक्ष टीका राम गुरुङ्ले आर्थिक प्रतिवेदन पेश गरेका थिए।
जुलाईको चर्को घाममा चिसो सोडा, पानी र बियरसंग बार्बेक्यूको स्वाद लिदै तुलसी गुरुङ्, नारायण गुरुङ् र अर्जुन गुरुङ् सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डलले दुई बर्षे कार्यकालको लागि १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।
पूर्व अध्यक्ष मेख गुरुङ्को अध्यक्ष्यतामा सर्वसम्मत चुनिएका नयाँ कार्य समितिको प्रथम उपाध्यक्ष पदमा अर्जुन घले, दोस्रो उपाध्यक्षमा टीका राम गुरुङ, सचिवमा शर्मिला घले, कोषाध्यक्षमा गम प्रसाद गुरुङ, सहायक सचिवमा श्याम गुरुङ, सहायक कोषाध्यक्षमा रोशनी गुरुङ, सदस्यहरूमा सिद्धार्थ गुरुङ, रामचन्द्र गुरुङ, बल बहादुर गुरुङ, प्रीति गुरुङ, पदम गुरुङ, खगेन्द्र गुरुङ, दुर्गा गुरुङ, विस्नु बहादुर गुरुङ, देविजंग गुरुङ, मनिता गुरुङ, प्रेम गुरुङ र अमृत गुरुङ रहेकाछन्।
वन भोज कार्यक्रमको संचालन कार्य समितिमा तीन कार्यकाल बिताएका कर्तव्य निष्ठ सचिव शेरजंग गुरुङले गरेका थिए। बिगत वर्षहरूमा झैँ यस वर्ष पनि ८ जना हाइस्कूल तथा कलेज ग्राजुएड विध्यार्थीहरूलाई सफलताको लागि बधाई ज्ञापन व्यक्त गर्दै समाजको तर्फबाट वर्तमान अध्यक्ष मेख गुरुङले प्रमाण-पत्र र खादाद्वारा सम्मान गर्नु भयो। यसरीनै स्कूल तहमा विशेष पुरस्कार र ट्रफी प्राप्त गर्न सफल भएका नानीहरू क्रमशः सुप्रिम गुरुङ, रचना गुरुङ र शोनेश गुरुङ्लाई पनि खादा लाएर सम्मान गरियो। ग्राजुएडहरूलाई बधाई दिने सिलसिलामा सल्लाहकार हर्कजंग गुरुंगले अत्यन्तै मार्मिक मन्तव्य ब्यक्त गर्नु भएको थियो।
वन भोज कार्यक्रमको लागि पानी, सोडा र बियरको लागि ह्यापी किचनका दानी दम्पति बिरेन्द्र गुरुङ र मनिता गुरुङले प्रायोजन गर्नु भएको थियो भने लाली गुँरास रेस्टुरेनण्टले चिया र खिर प्रयोजन गरेर समाज सेवाको भावनालाई उजगार गर्नु भयो। उहाँहरूको योगदान र समाज सेवा प्रतिको भावनालाई कदर गर्दै खादद्वारा सम्मान गरिएको थियो।
अन्त्यमा नव निर्वाचित अध्यक्ष मेख गुरुङले वन भोज कार्यक्रममा सहभागी हुनु हुने र विभिन्न किसिमबाट समाजलाई सहयोग गर्नु हुने सम्पूर्ण तमू परिवारलाई धन्यवाद दिनु भयो। साथै कार्य समितिका निवर्तमान पदाधिकारी र सदस्यहरूलाई उहाँहरूको योगदानको उच्च मूल्यांकन गर्दै धन्यबाद दिनु भयो भने नव निर्बाचित कार्य समितिबाट पूर्ण रुपमा सहयोगको अपेक्षा गर्दै वन भोज कार्यक्रम अन्त्य भएको घोषणा गर्नु भएको थियो।
आफ्नो विचार व्यक्त गर्नुहोस्
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस