Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

एनआरएन उपाध्यक्षमा भाट र सचिवमा तामाङको उम्मेदवारी घोषणा

एचकेनेपाल डट कम संवाददाता-
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको नयाँ नेतृत्वका लागि वर्तमान गल्फ संयोजक नरेन्द्र भाटले उपाध्यक्षमा र एनआरएनए वहराइनका निवर्तमान अध्यक्ष श्याम तामाङले सचिव पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

एनआरएन वहराइनको चौथो महाधिवेशनका क्रममा बहराइनको नेपाली क्लबमा आयोजित कार्यक्रममा भाट र तामाङले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। एनआरएनको छैटौ विश्व सम्मेलन तथा महाधिबेशन यही अक्टोवर १९ देखि २२ सम्म काठमाडौमा हुदैछ। आफ्नो उम्मेदवारीबारे प्रष्टयाउदै गल्फ संयोजक नरेन्द्र भाटले आफूले गल्फ संयोजकको हैसियतमा वर्तमान कार्यसमितिमा गरिरहेको कार्यको उच्च मूल्यांकन भएको र मध्यपूर्वमा रही आएको विविध श्रम सम्बन्धी तथा अन्य समस्या समाधानका लागि अझै आवाज उठाउने बताएका छन् । उनले बर्तमान समस्यामा क्रियाशिल भूमिका निर्वाहका लागि र विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुको समस्यालाई सशक्त रुपमा अगाडि बढाउने तथा समस्या समाधान गर्ने उद्देश्यका साथ आफूले उपाध्यक्षमा उम्मेदवारी दिएको घोषणा गरेका छन्।

भाट कतारमा बस्दै आएका छन् । यसअघि नै कतारमा बस्दै आएका एनआरएनका सचिव टिबी कार्कीले उपाध्यक्षमा उमेदवारी घोषणा गरिसकेका छन्। यस्तै सचिवमा उम्मेदवारी दिएका एनआरएन बहराइनका निर्वतमान अध्यक्ष श्याम तामाङले बैदेशिक रोजगारमा भएका श्रम तथा अन्य विविध पक्षको समस्याका लागि आफूले गरेको कार्यको मूल्यांकन गर्दै खाडी तथा विश्वका विभिन्न मुलुकका एनआरएनको सल्लाहमा आफूले उम्मेदवारी दिएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी भूमिका खेल्ने जनाए। उनले प्रवासी नेपालीका समस्या र उनीहरुका चाहनाका आवाज उठाउदै समस्याको हल खोज्नका लागि आफूले उमेदवारी दिएको जनाए।

कार्यक्रममा एनआरएन बहराइनको चौथो महाधिवेशनले टंक बस्नेतको नेतृत्वमा सर्वसम्मतीले नयाँ कार्यसमिति चयन गरेको छ। जसमा प्रथम उपाध्यक्षमा सन्तोष दाहाल, द्धितीय उपाध्यक्षमा चन्द्रमणि महतरा, महासचिवमा काजी थापा मगर सचिवमा लालप्रसाद पुन, सह–सचिवमा नारायण उप्रेती, कोषाध्यक्षमा कमल श्रेष्ठ, सह–कोषाध्यक्षमा पुरन क्षेत्री, युवा प्रतिनिधीमा जयन्द्र घिसिङ्ग, महिला प्रतिनिधीमा लीला सापकोटा राना, कल्याणकारी कोष संयोजकमा श्याम राई चयन भएका छन्। यस्तै सल्लाहकार समितिमा प्रमुख सल्लाहकारमा श्याम तामाङ र सल्लाहकारमा छवीलाल बिक, दुर्गा बहादुर गिरी, गोरख रामजाली चयन भएका छन् भने आईसीसी सदस्यमा झम्क प्रसाद सापकोटा चयन भएका छन्।


आफ्नो विचार व्यक्त गर्नुहोस्


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by