सुरज गुरुङ /एचकेनेपाल डट कम-
द. कोरिया। “प्रवासी थकित मन संगीतमा रमाऔं, रमाईलो संगै केही पुण्य कमाऔं” भन्ने नारासहित स्याङ्जा जिल्ला सामुदायिक अस्पताल “एम्बुलेन्स सहयोगर्थ” स्याङ्जा परिवार गणतन्त्र कोरियाले “आधींखोला सांगीतिक सौगात भाग ४” का लागि नेपालका ख्यातिप्राप्त चार कलाकारहरु कोरिया निम्त्याउने भएको छ।
परिवारको पटक पटक भेला, बैठक, अन्तरक्रियाबाट समिति, सल्लाहकार, स्याङ्जावासीहरु तथा सम्पूर्ण शुभचिन्तकहरुको चाहना र छलफल पश्चात निश्पक्ष छनोट गरिएको जानकारी अध्यक्ष मिलन रानाले दिनु भएको हो।
“आधींखोला सांगीतिक सौगात भाग ४” भव्य र सभ्यका साथ सफल पार्न नेपाली सुगम संगीतकी शताव्दीकै बहुचर्चित गायिका अन्जु पन्त, बहु चर्चित हास्य टेलिशृंखला मेरी बास्सैका हास्य अभिनेता सीताराम कट्टेल (धुर्मुस÷खड्का जी÷मुस्कान पासा), हास्य अभिनेत्री तथा नृत्यकार कुन्जना घिमिरे (सुन्तली÷खड्की जी÷फटौरी आमा) र हसिला ठट्यौली लोक तथा दोहोरी गायक पशुपती शर्मा आउने भएका छन्। नेपालबाट आउने कलाकारका साथमा स्थानीया चर्चित कलाकारहरुको पनि जोरदार प्रस्तुति रहने सहसचिब कुमार थापाले जानकारी दिनु भएको छ।
कार्यक्रम भव्य रुपले सफल पार्नको लागि कोरियाको किम्हे, बुसान, थेगु, उल्सान शरमा रहेका सम्पूर्ण स्याङ्जाली तथा नेपालीहरुको चाहनालाई ध्यान राखी गर्मी बिदाको अवसरमा अगष्ट ३ तारिख शनिवार अपरान्ह ४ बजे किम्हेमा “आधींखोला सांगीतिक सौगात भाग ४” बिशेष भेला तथा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिने भएको छ। सो भेलामा उपस्थितिको लागि सम्पूर्ण स्याङ्जाली तथा नेपालीहरुलाई अध्यक्ष रानाले हार्दिक आग्रह गर्नु भएको छ।
स्मरण रहोस “आधींखोला सांगीतिक सौगात भाग ४” द. कोरियाको विशेष चाड छुसक विदाको दोश्रो दिन सेप्टेम्बर १९ तारिख बिहिबारको दिन जोङनो ओ गाको फेग चुन्योन गिन्यम ग्वान (गत सल्नालमा एन.आर.एन. कोरिया)ले कार्यक्रम गरेको हलमा हुदैछ।
सम्पर्क नम्बरहरु
मिलन रानाः ०१०–३२७९–२०३३
सुर्य चन्दः ०१०–८६७१–८४६९
बिरेन्द्र नौभाग्यः ०१०–२४३२–२२४६
खगेन्द्र अर्यालः ०१०–५८०३–५३५६
कृष्ण गुरुङः ०१०–५८३०–१९९९
श्याम थापाः ०१०–३१४८–४०५०
आफ्नो विचार व्यक्त गर्नुहोस्
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस