एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ६ साउन। एकीकृत नेकपा माओवादीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तावित साँगठनिक एवं राजनीतिक प्रस्ताव पारित भएको छ।

ललितपुरको खन्ना गार्मेन्टमा तीन दिनअघि सुरु भएको विस्तारित बैठकले प्रचण्डको प्रस्तावलाई सर्वसम्मत पारित गरेपछि अब उनी मात्र एक्लो माओवादी हेडक्वार्टर बनेका छन्। उनी पार्टीको माथिल्लो निकायको अध्यक्ष र अरु केन्द्रीय सदस्यमा झरेका छन्।

केन्द्रीय नेतृत्व चयनमा विवाद बढेपछि उपाध्यक्ष बाबुराम भट्टराईले राजीनामा दिंदा झन जटिल बनेको माओवादीभित्रको समस्यालाई हल गर्न प्रचण्डले मध्यममार्गी बाटो अपनाएका थिए। प्रचण्डको प्रस्तावबाट असन्तुष्ट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव पोस्टबहादुर बोगटीले दिएको राजीनामालाई विस्तारित बैठकले पारित गरेको छ।


आफ्नो विचार व्यक्त गर्नुहोस्


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस