सन्दर्भ १५ औं स्मृति दिवश,
‘करोडौं नेपालीलाई मुटुभित्र देशलाई राख’ भनेर गए अरुण……
आरजु विष्ट “सल्यानी” / एचकेनेपाल डट कम-
aarju2008@gmail.com
मगरको छोरो श्रदय दाई, गायक अरुण थापा, आज देश÷विदेशमा हरेक नेपाली, नेपाली सुगम संगीत रुचाउनेहरुको लागि एक प्रिय पात्र भएर मनासपटमा बसिरहेको छ । कतिले के के जाते भने होलान्, कतिले बिचारा जीवन, संगीत संघर्षमा हार खाएको, तीखो तीर लागेर घाईते भएको वा यस्तै के के विक्षिप्त भएर हिंडेको भने होलान्, ति बेमतलवका, पिठ्यूँपछिका तपसिलका कुरा हुन् । उनि सर्वेक्षण गरीएका विश्वका १० उत्कृष्ट गीत मध्य उत्कृष्ट ७ मा श्रोताको मत पाएका एक जना स्वरका धनि श्रष्टा हुन्।
कहिले उनि सुन्धारास्थित धरहराको आगनमा गिटार समातेर “जति माया लाए पनि” गुनगुनाएको देख्थे, कहिले कुनैबेला आफ्नो जामानामा प्रेमध्वज प्रधानले तन्नेरीहरु जम्मा पारेर गीत गाएर बसेको सुन्धाराको पश्चिम दक्षिणतिरको भोटे बहालको पिपलवोट चौतारोमा देख्थे त कहिले त्यहाँस्थित होटलका गल्लि र कौसिमा भेट्थे, उनको जीवनमा पैसा थिएन होला, उनको जीवनमा आफ्नै हितैषिहरुको साथ थिएन होला, कहिलेकाँहि पीरबाट छुट्कारा पाउनको लागि एक दुई घुट्को……..हुन्थ्यो।
१४ वर्ष अघि केहि त्यस्ता रात, केहि त्यस्ता दिन र त्यस्ता कुनै गोधँुलीमा हो साच्चि नै मात्तिएर नेपाली सुगम संगीतको कुरो गरेकै हांै, वल्लो छेउ र पल्लो कुनै हुँदै सुन्धारा र वागवजार कान्तिपुर होटलसम्म पुगेको ताजा स्मरण अझैं छ मेरो मानसपटलमा । मैले १५ सयको जागिर खाएर काठमाडौंको लगनटोलमा १००० रुप्पे भाडा तिरेर नेपाल ल क्याम्पसमा अध्ययन गर्दै थिए, २०५६ साल श्रावण ५ को १८.१५ वजे कान्तिपुरी नगरीबाट उनि अन्र्तध्यानमा गए कहिले नआउनेगरी।
आरजु विष्ट “सल्यानी”
जस्तो स्तव्धता नारायण गोपाल, गोपाल योञ्जन, तारादेवी, नातिकाजि, झलकमान, अलिमिया, कोईलीदेवी, राम थापा लगाएत अन्यलाई हामीले गुमाउँदा थियो, नेपाली गायनका मुर्धन्य प्रतिनिधि श्रष्टा मध्य अरुण एक व्यक्तित्व नरहँदा उस्तै सुन्यता थियो । यहाँनिर हो अरु पनि अट्न सक्ने धेरै नामहरु छन्, पक्ष पक्षमा जस्को स्मृति हुनैपर्छ।
कहिले करोडौं नेपालीलाई मुटुभित्र देशलाई राख भनेर गाए, कहिले ऋतुहरुमा कसै कसैलाई हरीयालीको उपमा दिन स्वर बाटै पछि परेनन्, नदीहरुमा पवित्र गंगाको स्वरको उपाधि दिन पछि हटेनन् । हो माया गर्दा खेरी, मायाको सदावहार खेती लगाउँदाखेरी कुरा काट्ने पनि पाईने रहेछन्, बाटो काटेर मतलव नराखि जाँदाखेरी पर्नुसम्मको पीर पर्ने रहेछ, यो जो कोहिलाई पर्छ, यस्ता उत्ृकष्ट भावका शव्दहरुलाई आफ्नो स्वरमा सजाएर श्रोतालाई दिएर अन्र्तध्यान भएका हुन गायक अरुण थापा।
माथि उल्लेखित केही नामी कलाकारका नाम मात्रै काफी छ, सबैको अन्र्तध्यानको नियति झैं थापाले पनि अकस्मात व्योहोर्दा अर्को स्तव्धता बाहेक सुगम संगीतका रसग्यहरुको लागि अरु के थोक हुन्थ्यो र ? उतिबेला भावक अभियानका अभियन्ता, संरक्षक, अजम्वरी गीत संगीतका सोधकर्ता, चलचीत्र निर्देशक प्रकाश सायमीले अरुण दाई रहेन थाहा छ ? भन्दा ठूलो मानसिक बज्रपात हामीलाई भएको थियो।
खबर हो वा वाहियात, हो कि होईन, हो, होर ? होईन होला…..यस्ता प्रश्न, अन्र्तद्वन्द, उकुसमुकुस कति भयो कति। उनले गाएर भने झैं “म रोए पनि तिमी हाँसि दिनु” म हाँस्न सकिन सट्टामा रोई रहें । म त रोएको थिंए नै म जस्ता अरु कति हजारौंलाई रुवाएर गए गए अरुण थापा……गए फर्किएर नआउने गरी …..।
भोटे बहालबाट बागवजार, बागवजार भोटे वहाल उनि काठमाडौंमा रहँदासम्म हरेक दिनको पैदल तालिका नै थियो । सन २०००/०१/२५ तारीखमा रीलिज भएको अरुण थापको “श्रद्धाञ्जलि” नामक एल्वम सिडिमा भक्तपुरे गीतकार सुवासचन्द्र ढुंगेलका शव्द “चोट के हो व्यथा के हो, म जस्तो घाईतेलाई सोध”………मलाई कहिले नसोध…..यस्ता शव्दमा उनको सुर सुन्दा उनको आर्तनादको गहिराईमा कोही पुग्न नसके पनि अहिले अक्सर धेरैले अरुणलाई श्रव्य भाषामा पुज्ने गर्दछन्, उनलाई थाहा थिएन म मरेपछि पुजिन्छु भन्ने बरु थाहा थियो बाचुञ्जेलसम्म गलहत्याईन्छु भनि।
म अर्काको काम गर्ने मान्छे धेरै समय संगत नगरेपनि फाट्टफुट्ट असह्य जीवनको पीडावोध गरिरहेका थापाले सुरापान गरेको दिनमा साथ दिने गर्थे उनले चाहेको बास बस्ने स्थानसम्म काँध मिलाएर पुग्ने गर्थे । मलाई नि थाहा थिएन अरुण हालको जस्तो पुकारिने नाम हुनेछ, पछिसम्मको लागि रहिरहने छ, त्यो नाम त्यहि रहेछ जो अहिले नेपाली सुगम संगीतको पेटारोमा एक इट्टाको रुपमा जमेर रहेको छ र घन्किरहेको छ।
अरुण थापाको जन्म कलकत्तामा जनवरीमा १९५४ मा भएको हो । उहाँका बुबा गञ्ज थापा मगर हुनुहुन्थ्यो। थापाको स्थायी बसोवास भने उपत्यकाको ललितपुरस्थित झम्सिखेलमा थियो । बुबा नेपाल बैंक लिमिटेड क्षेत्रीय कार्यालय पोखराका प्रमुख भएर २०३४/०३५ मा आउँदा हाल पोखराको गैह्रापाटनस्थित फिस्टेल हस्पिटलको आडमा रहेको क्वार्टरमा बस्नु भएको थियो, जो अहिले पनि कायमै छ । २२ जुलाई १९९९ विसं २०५६ श्रावण ५ वुधवार को बेलुकी ६.१५ मा नेपाली सुगम संगीतका लोकप्रिय गायक अरुणलाई कान्तिपुर होटलमा अन्तिम पल्ट देख्न पाएका हौं।
थापाका दुई एल्वम “अरुण र वेष्ट अफ अरुण थापा” दुवै निकै लोकप्रिय रहेका छन् । थापाको गायन रेडियो नेपालबाट भएको हो । पहिलो गीत रेडियो नेपालमा १९७१ मा रेकर्ड भएको थियो।
“ऋतुहरुमा तिमी हरीयाली वसन्त हौं ।” राजेन्द्र रिजालका शव्द, राम थापाको संगीतमा रहेको यो गीत राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त गीत हो । बिबिसि वल्र्ड सर्भिसले २००३ मा आफ्नो ७० औं वार्षिक उत्सव मनाउँदा सर्वेक्षण गरिएका विश्वका दश उत्कृष्ट गीत मध्य अरुण थापाले गाएको यो गीत सातौं स्थानमा रहन सफल भएको थियो।
ओठमा झुण्डि हाल्ने अरुण थापाका स्वरवद्ध केही गीतहरुमा ः
जति माया लाए पनि ः संगीत–अरुण थापा, गीतकार ः–विनोद गौचन
ऋतुहरुमा तिमी ः गीतकार –राजेन्द्र रिजाल, संगीत –राम थापा
म रोए पनि ः गीतकार –भुषण खरेल, संगीत–अरुण थापा
चोट के व्यथा के हो ः गीतकार –सुभासचन्द्र ढुंगेल, संगीत–अरुण थापा
साँझको जुनसंगैः गीतकार किशोर गुरुङ, संगीत–अरुण थापा यि लगाएतका गीतहरु रहेका छन् ।
आफ्नो गायन कालमा थापाका नजिकका साथीहरुमा ओम विक्रम विष्ट लगाएतका हुनुहुन्थ्यो। गीतकारहरुमा थापाले गाएका सर्वाधिक चर्चाका गीतहरु र तिनका गीतकारहरु मध्ये ः
जति माया लाए पनि
जति कसम खाए पनि,
निष्ठूरीले बाटो लाग्दा
आँखा तरी गएपछि,
मनमा पीर पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो ।…………..
साँचो प्रीतका साईत गरेकाहरुका कथा गीतमा खोज्नु र गाउनु, समिपैमा हितैषिलाई अर्पण गरेका जोवनका कुरालाई आत्मसाथ गर्न खोजेका तर बुझेर पनि नबुझेको स्वाङ पार्नेहरुको अगाडि अलि गह्रो पर्दो रहेछ । मनमा कुरा नलिएपछि आखिर मनको पीर धोएर कहाँ पखालिदो रहेछ ? देशमा कला, छ, कलाकार छन्, श्रृजना छन्, श्रृजनाकार छन् तर छैनन् पूजिएका उनीहरु, लाग्छ मात्र लुटिएका छन् । मरेपछिको सम्मान उनिहरुलाई छ, बाँचेसम्मको सम्मान छैन, न कोहि कलाकारको श्रृजना किनेर सुन्ने र बुझ्ने छन् । उल्टै नक्कल गरी, श्रष्टाको सहमति बेगर कुनै कम्पनीको विज्ञापन गरेर लाखौं कमाउन कोही उद्यत हुन्छन्, कोहि मूल श्रष्टालाई भूलेर उनिहरुका श्रृजनालाई रिमिक्सको भूमरीमा पारी दिन्छन्, लाग्छ यहाँ मूल जरा काटि नै रहेको छ, टुप्पोमा कोही पलाई रहेको छ ।
“जति माया लाए पनि” शिर्षक गीत अरुण थापाको लागि र पोखरेली गीतकार विनोद गौचनको लागि जिन्दगीको माईल स्टोन गीत हो । अब यो अजम्वरी भएको दस्तावेजमा सुरक्षित भईसकेको छ । यो लेखक गायक होईन तर दूरभाषबाट गीतकार गौचनलाई “जति माया लाए पनि” सुनाई दिंदा उहाँ २०३४/०३५ सालतिरको सरसंगतको कुरा गर्न लाग्नु भो र भन्नु भो ः “आरजु भाई क्या वात्, क्या वात्, त्यो बेलाको याद आयो भाईले गीत गायो ।” मैले जे माग्न थालेको थिए, माग्नु पहिले गौचनले नै भनिदिनुभयो कि “भाई २०३५ सालको एक दिन दिनभर फेवातालतिर बरालिएर साँझपख पोखराको बगरस्थित मेरो कोठामा अरुण र म बसेका थियौं, अरुणले गीटार बजाई रहेका थिए मलाई गीटारको धून सुन्दै गर्दा गीतको मुर्छना आयो र उतिखेरै अरुणको गिटार बज्दै गर्दा “जति माया लाए पनि” गीत पनि पूरा भयो । धेरैलाई थाहा नै छैन कि यसको संगीत ४२ वर्ष अघि अरुणले गिटार बजाउँदै ख्याल ख्यालैमा गुनगुनाउँदा भएको हो जो अहिले जहिलेका लागि पनि अमर बनेर रहिरहेको छ ।
गीतकार विनोद गौचनका मन परेका गायक मध्ये अरुण एक अग्रपंक्तिमा आउने गायक हुन्। अरुण मिलनसार, नरिसाउने, हाँसो ठट्टा गर्ने र भारताञ्चलका पूराना गीतलाई पनि दुरुस्तै गाउने गायक थिए । जीवनको अन्तिम घडिमा उहाँमा आएको फोक्सो र कलेजोको समस्या दैवको लिला थियो टारेर टर्न नसक्ने।
म रोए पनि तिमी हाँसि दिनु
यो झरी जाने जिन्दगीदेखि पंछिदिनु ।कहिलेकाँही ती मिलनका यादहरु आए भने
सपना सम्झि त्यसलाई बिर्सिदिनु,
मलाई यस्तै नै भए त्यसै सस्तो भए
तिमी मूल्यवान बनिदिनु ।………..
भुषण खरेलले लेख्नु भएको, अरुण थापा स्वयंको संगीतले बोलि रहँदा, विनय गरिरहँदा २०५६ श्रवण ५ मा १८.१५ वजे काठमाडौंको बागवजारमा गोधुलीको पर्दा खुल्ने बेलामा त्यहि खबर पाए अरुण दाई रहनु भएन अनि सम्झे “म रोए पनि तिमी हाँसि दिनु”….. हाँस्नु पनि कसोरी रुदाँखेरी….आँखा त्यतिबेला रसाईरहेका थिए……।
आफ्नो विचार व्यक्त गर्नुहोस्
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस