मणिकुमार श्रेष्ठ / एचकेनेपाल डट कम-
साउन, ५ धनकुटा । धनकुटामा गर्भपतन गराउने महिलाहरुमा अविवाहित महिलाहरु वढि देखिएको छ। नेपाल सरकारले सुरक्षित गर्भपतन सेवा सुचारु भएपछि गर्भपतन सेवा लिनेमा अविवाहित महिलाहरु वढि देखिको हो।

जिल्ला स्वास्थ्य कार्यलय धनकुटाका तंथ्याङ्क अधिकृत पुर्णशेखर श्रेष्ठका अनुसार आर्थिक वर्ष २०६९÷०७० को जेष्ठ महिनासम्ममा ८ सय ३५ जनाले गर्भपतन सेवा लिएका छन्। उनको अनुसार महिनामा सयको हाराहारी महिलाले गर्भपतन गराउने गरेका छन्। गत आर्थिक वर्ष २०७८÷०६९ मा धनकुटा जिल्ला स्वास्थ्य मातहतमा रहेको स्वास्थ्य संस्था र मेरी स्टोप्स् हिलेबाट ८ सय ६८ र ०६७÷०७८ आठ सय ३६ जनाले सुरक्षित गर्भपतन गराएका हुन्।

औषधी व्यवस्था विभागबाट सूचीकृत भएको जिल्ला अस्पताल धनकुटा, डाँडावजार प्राथामिक स्वास्थ्य केन्द्र, मौनावुधुक स्वास्थ्य चौकी, वुढिमोरङ्ग स्वास्थ्य चौकी, वेलहारा स्वास्थ्य चौकी, आखिसल्ला स्वास्थ्य चौकी, आहाले स्वास्थ्य चौकी, पाख्रीवास स्वास्थ्य चौकी, जीतपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट सुरक्षित गर्भपतन सेवा उपलव्ध भएको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रजनन स्वास्थ्य प्रमुख वालकुमारी तामाङ्गले वताईन्।

यसका साथै औषधी व्यवस्थापन विभागबाट सूचीकृत भएको औषधी पसल तथा स्वास्थ्यकर्मीले सुरक्षित गर्भपतन सेवा दिन पाउने व्यवस्था गरिएको छ। धनकुटा जिल्लामा जिल्ला अस्पतालको मातहतमा रहेको स्वास्थ्य चौकीहरु बाहेक मेरी स्टोप्स हिलेबाट सुरक्षित गर्भपतन सेवा दिइएको छ।

यसरी गर्वपतन सेवा सुचारु भएपछि धनकुटा जिल्लामा विगत तीन वर्ष यता गर्भपतन गराउने महिलाको संख्यामा वृद्धि भएको हो। पछिल्लो समयमा औषधीबाट समेत गर्भपतन गराउने सेवा उपलव्ध भएपछि झनै वद्धि हुदै आएको छ। औषधीबाट गर्भपतन गराउनेमा पनि अविवाहित महिला नै वढि भएको स्वास्थ्यकर्मीहरु वताउछन्।

धनकुटा जिल्ला अस्पतालमा सुरक्षित गर्भपतन सेवा दिईरहुन भएका स्टाफ नर्स उमा राईले जनाए अनुसार १६ देखि ४१ वर्षसम्मका महिलाहरु गर्भपतन सेवा लिन आउछन्। यसरी आउनेहरुमा १८ देखि २२ वर्षसम्मका महिला वढि आउने गरेको स्वास्थ्य जिल्ला स्वास्थ्य कार्यालय धनकुटामा तथ्यांक अधिकृत पुर्णशेखर श्रेष्ठले वताए। उनका अनुसार सय जना महिला गर्भवति भएमा २० जना महिलाले गर्भपतन गराउने गरेका छन्।

गर्भपतन भनेको इच्छा नहुदा–नहुदै गर्भ रहन गएमा दक्ष स्वास्थ्यकर्मीद्धारा गर्भपतन सेवा लिनु पर्ने हो । तर अहिले अधिकांश पसलहरुमा गर्भपतन गराउनको लागि प्रयोग गरिने औषधी विक्री वितरण गरिदै आएको छ । यस कारणले गर्दा पुर्ण रुपमा तथ्याङ्क आउन सकेको छैन।

जिल्ला स्वास्थ्य कार्यालय धनकुटामा शाखा अधिकृत रामनारायण श्रेष्ठका अनुसार–‘दक्ष प्रसुति सम्वन्धी तालिम लिएका स्वास्थ्यकर्मीहरुले मात्र यो सेवा दिन पाउछन्। पछिल्लो समय औषधी पसलहरुबाट पनि गर्भपतन सम्वन्धी औषधी दिन थालिएको छ । यसले महिला स्वस्थ्यमा नकारात्मक असर पार्छ।’ जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा एउटै महिलाले एक वर्षमा ४ पटकसम्म पनि गर्भपतन गराएका छन् नि भनेर सोध्द्धा जिल्ला अस्पताल धनकुटाका स्टाफ नर्स उमा राई भन्छिन–‘यस्तो कुरा सुनिएको छ यदि यो सत्य हो भने यसो गर्नु राम्रो होइन । यसो गर्दा रक्तअस्पता, महिनावरी गडवडि जस्ता समस्याहरु हुन्छ। उनका अनुसार ६–७ जनाका आमाहरु पनि आउने गरेका छन्।

नेपाल सरकारले सुरक्षित गर्भपतन सेवा प्रक्रिया, २०६० लागु गरेपछि देशका विभिन्न स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा दिईरहेको छ । गर्भपतन सेवा प्रक्रिया, २०६० दफा ५ को उपदफा ३ वमोजिम १२ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन पाउने व्यवस्था छ। यद्यपि असक्त महिला तथा विभिन्न कारणले गर्दा गर्भपतन गराउनु पर्ने भएमा सम्वन्धीत निकायको सिफारिसमा गर्भपतन गराउन पाउने व्यवस्था पनि छ।

नेपालको प्रचलित कानुन अनुसार २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु भनेको कानुन विपरित हो । यसरी २० वर्षभन्दा कम उमेरका महिला पनि गर्भपतन गराउन आउनु भनेको कतै गर्भपतन फेसनको रुपमा आएको छैन?


आफ्नो विचार व्यक्त गर्नुहोस्


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस