उत्तम अधिकारी एचकेनेपाल डट कम
युएई २० जुलाई। सामाजिक र मानवीय कार्यमा अग्रसर नेपालीहरुले दुबईको नेपाली चोकको नामले चिनिएको बर दुबईको मेट्रो पार्कमा सामुहिक रुपमा रक्तदान गरेका छन्।

एनआरएन युएईले आयोजना गरेको उक्त खुल्ला रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका थिए। युएईमा नेपालीहरुको आयोजनामा भएको यो नै पहिलो खुल्ला रक्तदान कार्यक्रम हो।

आयोजकका अनुसार इस्लामिक पर्व रमादानको अबधिमा यहाँका अस्पतालहरुमा अन्य समय भन्दा बढी रगत अभाव हुने तथ्यांकहरू सार्वजनिक भैरहेका कारण र ब्लड डोनेसन सेन्टरले यहि समय आफूहरुलाई उपलब्ध गराएकाले यो मौसममा कार्यक्रम राखिएको हो। दुबईको लतिफा अस्पतालको ब्लड डोनेसन सेन्टरले उक्त कार्यक्रममा रगत संकलनको लागि आबश्यक व्यवस्था मिलाएको हो।

एनआरएन युएईले गत वर्ष सोही अस्पतालमा सामुहिक रक्तदान गरेको र त्यसैबाट उत्सुक भएकाले उक्त अस्पतालले यस कार्यमा आफ्नो अनुरोध स्वीकार्दै आवश्यक सबै सहयोग गरेको बताउछन् कार्यक्रम संयोजक प्रदिप पौडेल। नेपालीहरुको यस्ता सकारात्मक गतिविधिले गर्दा दुबई ब्लड डोनेसन केन्द्रमा नेपाली समुदायको सम्बन्ध सुमधुर हुदै गएको धारणा राख्छ उनी।

साँझ ५ बजेसम्म संचालन हुने भनिए पनि अत्याधिक गर्मीले गर्दा उक्त कार्यक्रम प्राबिधिक कठिनाईका कारण दिउसो २ बजे नै बन्द गरिएकाले ठूलो संख्यामा रक्तदानका लागि उपस्थित नेपालीहरु यसै फर्किनु परेकोमा दुखित महसुस गर्दै संघका महासचिव सन्तोष प्रसाईंले आगामी दिनमा साँझको समयमा यस्तो कार्यक्रमको आयोजना गरिने बताए।

रक्तदान जीवनदानको नारासहित सहभागिताका लागि एनआरएन युएईले अन्य संघ संस्था तथा नेपालीहरुमा अपिल गरेको उक्त कार्यक्रममा रक्तदाताहरुलाई जुश, फलफूल, चकलेट, बिस्कुट, पानी लगायतको प्रायोजन प्रभु मनि ट्रान्सफरले गरेको थियो।
कार्यक्रममा यहाँ सक्रिय बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा सो कार्यमा इच्छुक नेपालीलगायत केही बिदेशी नागरिकहरुले समेत स्वस्फुर्त रुपमा रक्तदान गरेका थिए। रक्तदानका लागि नेपालीहरु सधै इच्छुक र तयार रहेकाले कम्तिमा पनि प्रत्येक ६ महिनामा यस्ता कार्यक्रम आयोजना गर्नका लागि आयोजकलाई उनीहरुले सुझाब दिएका छन्।

सामाजिक सेवाको उद्देश्यले कुनै पनि संघ संस्थाले आयोजना गर्ने हरेक कार्यहरुमा सदैव सबैको सहकार्य आवश्यक रहने र आफू त्यसको लागि सधैं तयार रहेको बताउदै संघका अध्यक्ष चन्द्र बहादुर रोकाहाले एनआरएन युएईको यस अभियानमा साथ दिएर सहभागिता जनाएका सम्पूर्ण संघ संस्था र नेपाली नागरिकहरुप्रति धन्यबाद ज्ञापन गरेका छन्।


आफ्नो विचार व्यक्त गर्नुहोस्


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस