एचकेनेपाल डट कम संवाददाता-
भण्डारा । भण्डारा–५ चौकीडाँडाँका ४१ वर्षीय कृष्ण बहादुर चेपाङले अपाङगता र आर्थिक विपन्नताका कारण मागेर गुजरा गर्दै आएका छन्।
धादिङ र चितवनको सिमानामा विकट पहाडी गाउँ कान्द्राङगढीवाट १८ बर्षअघि बसाई सरेर भण्डारा झरेका कृष्ण बहादुरको जमिनको नाममा १५ घुर ऐलानी जग्गा छ। त्यसैमा छ उनको राम झुपडी। मुश्किलले टाउको लुकाउन मिल्ने झुपडीभित्र उनीसहित श्रीमति र २ छोराछोरी गरि ४ जनाको बास छ।
एक बर्षअघिसम्म हट्टाकट्टा कृष्ण बहादुरलाई विहान बेलुकाको छाक टार्न केही समस्या थिएन। बलियाबाङ्गा थिए मजदुरी काम प्रसस्तै पाउथे ज्याला मजदुरीको कमाईले उनको घर राम्रैसंग चलेको थियो। उनको जीवनमा त्यतिवेला ग्रहण लाग्यो जतिवेला दुर्घटनामा परेर दायाँ खुट्टा भाचियो र टाउको फुट्नुको साथै एउटा आखाको ज्योति पनि गुम्यो।
भारतीय नम्वर प्लेटको ग्यास ट्याङकरले भण्डारामा मजदुरी गर्न हिडेको वेला उनलाई ठक्कर दियो । त्यस पछि वेहोस भई ढलेका उनलाई स्थानीयको सहयोगमा उपचारको लागि काठमाडौं लगियो। आफनो भन्ने कोही नहुदा ट्याङ्करवालाले पनि अधकल्चो उपचार गरेर काठमाडौंवाट भागेपछि आर्थिक अभावका कारण उनको वाँकी उपचार सम्भव भएन।
त्यसपछि आफूलाई मागेर परिवार पाल्नुको विकल्प नभएको मलिलो अनुहार लगाउदै कृष्ण बहादुरले बताए। अत्पदृष्टि भएका उनले मागी हिड्दा बाटो काट्ने सहाराको निम्ती स्कुल जाने उमेरकी ५ वर्षीया छोरी साउनी मायालाई संगै लिएर हिड्छन्। अशिक्षाका कारण उनले अहिलेसम्म सरकारले दिने अपाङगता परिचय पत्र पनि पाउन सकेका छैनन्।
अतिसिमान्तकृत समुदायमा पर्ने चेपाङ समुदायको नेपाल अधिराज्य भरिको जनसंख्या ८० हजारको हाराहारीमा रहेको छ भने चितवनमा मात्रै ३० हजार भन्दा बढि रहेको छ। अपाङगता भएका चेपाङहरुको संख्या कति छ हाल सम्म सरकारी तथ्याङकमा पनि कुनै लेखा जोखा छैन। चेपाङ जातिहरु विषेश गरी परापूर्वकालदेखि भिर पखेरामा बसोवास गर्दै आएको हुनाले भिर या रुखवाट लड्ने साथै गरिबीका कारण यथेस्ट लत्ता कपडा नहँदा जाडोवाट बच्न आगोको भर पर्नुपर्ने हुन्छ। त्यसैले बालवालिकाहरु आगोमा परि अंगभङ्ग हुने र ज्यानैसम्म जाने खतरा अझै सम्म पनि रहेको चेपाङ अभियान्ता केपिकिरण शर्माले बताए।
आफ्नो विचार व्यक्त गर्नुहोस्
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस