मणिकुमार श्रेष्ठ / एचकेनेपाल डट कम-
साउन, ४ धनकुटा। नेपालको कुनै पनि ठाउँमा लोकसेवाको फारम भरियो भने त्यहाँ पुगेर फारम भर्न कति खर्च लाग्ला? सजिलै अनुमान लगाउन सकिन्छ १० देखि ३० हजार सम्म। तर यहाँस्थित लोकसेवा आयोगको क्षेत्रीय निर्देशनालय धनकुटाका फारम भर्न आएको कमलबहादुर झाक्रीले ९० हजार खर्चेर फारम भर्नु परेको वताएका छन्।
कर्णाली अञ्चलको डोल्पा जिल्ला लाखा गाविस वडा नं. ४ वस्ने यि कमलबहादुर झाक्रीले धनकुटामा फारम भर्न आउदा ४५ हजार खर्च गर्नु परेको बताए। उनले वताए अनुसार डोल्पादेखि नेपालगञ्जसम्म आउदा फिस्टेल एयर हेलिकेप्टरमा उनले ४० हजार तिर्नु परेको बताए । फिस्टेल एयरको हेलिकेप्टरमा चालक सहित ६ जनाको क्षमता भएको हुन्छ। डोल्पाबाट नेपालगञ्जसम्म आउदा एकोहोरा भाडा ४० हजार लाग्छ। यसै गरी नेपालगञ्जदेखि धनकुटासम्म आउदा र अब फेरी डोल्पासम्म पुग्दा ९० हजारको हाराहारीमा खर्च हुने झाक्रीले बताए।
‘हिड्दै जादा ६–७ दिन लाग्छ, यस्तो अवस्थामा कसरी हिड्दै जाने डोल्पाबाट म एक्लै आएको हु वाटो पनि थाहा छैन त्यसैले गर्दा नेपालगञ्जबाट हेलिमा नै जानु पर्ने वाध्यता छ।’ –कमल झाक्रीले भने । यतिका खर्च गरेर फारम भर्न आउनु भएको छ के नाम निस्कनेमा ढुक्क हुनुहुन्छ भनेर सोध्द्धा उनले भने –‘मैले पिछडिएको क्षेत्रबाट र खुलाबाट एच.ए.पाचौ तहमा फारम भरेको छु हेरौ के हुन्छ।’
पश्चिममा एच.ए.को लागि आवेदन कम संख्यामा आव्हान गरिएको कारणले यहाँसम्म आउनु परेको पनि झाक्रीले बताए। ढिलो गरि सूचना थाहा पाईयो, हिडेर आउने समय नै भएन हेलीमा आउने सिवाय कुनै उपाय नभएको पनि झाक्रीले वताए। झाक्रीले उनको परिवारको पनि हेटौडाबाट भरेका छन्।
धनकुटा आएर फारम भर्नको लागि लाइनमा बसेको तीन दिनपछि बुधबार मात्र उनले फारम भर्न पाए। लोकसेवा आयोगको पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयबाट १० हजार भन्दा वढि फारम भरेको कार्यालयले जनाएको छ । स्वास्थ्य सेवा विभागले तीन वर्षपछि विभिन्न पदको लागि आवेदन आव्हान गरेको हो।
लोकसेवा आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटामा फारम भर्नका लागि आएका डोल्पाका कमलबहादुर झाँक्री। तस्वीरः मणिकुमार श्रेष्ठ
आफ्नो विचार व्यक्त गर्नुहोस्
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस