तिलविक्रम थेवे / एचकेनेपाल डट कम –
दोहा कतारले २००औं भानुजयन्ती तथा वाचनालयको ६९औं नियमित काव्यिक श्रृखलासंगै नेपाली भाषा र साहित्यमा डायस्पोराको भूमिका विषयक अन्तक्र्रिया गोष्ठीको आयोजना सम्पन्न गर्यो।

वाचनालयको अध्यक्ष युगयोगी राईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि एनआरएनए आइसीसीका मध्यपूर्व संयोजक नरेन्द्र भाटले नवोदित साहित्यिक वाचनालयले स्थापनाको करीव ६ वर्षको अवधिमा डायस्पोराबाट नेपाली साहित्यको समुन्नतीमा उदाहरणीय छवि बनाएको बताउदै मुलुककै कला र साहित्यको उचाईलाई बढावा दिएको बताए।

यस साहित्यिक संस्थाको स्थापनाकालदेखि हालसम्म संस्थाको भूमिकाको चर्चा गर्दै संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार नवराज विकले संस्थाले आफ्नो ७०औं नियमित काव्यिक श्रृखलासंगै प्रज्ञाप्रतिष्ठान काठमाडौंमा अद्धितीय प्रतिभाका साहित्यकार झमक घिमिरेलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको बताए।

संस्थाका सचिव सचिव विष्णु डिसीले संचालन गरेको सो कार्यक्रममा केवी दियालीले स्वागत मन्तव्य राखेका थिए। दिवंगत साहित्यिक श्रष्टा एवं अमर शहिदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै अगाडि बढेको भव्य कार्यक्रममा प्रेम भण्डारीले स्वागत गीत पस्केका थिए।

संस्थाका तर्फबाट कोषाध्यक्ष ललिता गौतम (सुब्बा), सदस्य रंगीला लामाले आदिकवि भानुभक्त आचार्यको तस्विरमा माल्यापर्ण गरेका थिए। विशेष अतिथिका रुपमा आमन्त्रित विभिन्न संघसस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थितिमा विच विचमा कविता वाचन, श्रष्टाहरुमा सम्मान गरिएका गीतहरु गाएर माहौलमा रौनकता थपिएको थियो।

लोकतान्त्रिक मञ्चका अध्यक्ष दिलकिरण खजुम, नेपाली एकता समाजका टुकनाथ शर्मा, जनप्रगति मंचका उपाध्यक्ष प्रेमलामा, जनजाति महासंघका अध्यक्ष विनेष तामाङ, एनआरएनए एनसीसीका प्रथम उपाध्यक्ष गुरुनारायण रानाभाट, तामा सेवा समाजका कुमार मोक्तान, मोरङ्ग सुनसरी सेवा समाजका लोक बहादुर तामाङ, सन्ध्या ग्रुपका थर्चा लामा, पाल्पा सेवा समाजका भुपराज दवाडी पाँचथर सेवा समाजका राम घिमिरे, मगर सेवा समाजका शरण मगर, तनहु सेवा समाजका मणीराज थापा, पर्वत सेवासमाजका शेषराज तिमिल्सिना, प्युठान सेवासमाजका छविलाल विक, तनहूँ सम्पर्क मंचका भीमबहादुर थापा, वैदभीर प्रवासी सेवा समाजका राजबशी ठकुरी, आरम्भ नाटय डवलीका सरोज श्रेष्ठ, नेपाली महिला सेवा समाजका रेखा राई, रोजिना बास्तोला, क्षेत्री सेवा समाजका दिपक खड्का, मितेरी फिल्म कला केन्द्रका सुमन भारती, प्रवासी नेपाली सांगीतिक परिवारका नज्मा मिया, समाजका अगुवा चानक पोखरेल, उमेह अधिकारी, पुर्ण केसी, कमलमण्ी गुरागाई, गणेश सिवा, स्याङ्गजाका भेषराज पराजुली, पत्रकार तिलविक्रम लगायतले सो कार्यक्रममा आआफ्ना भनाई राखेका थिए।

राम राईको गीतलाई बलेन्द्र सुनार, कृष्ण परियार, दिल विक, रेशम परियारले हृदयस्पर्शी रुपमा प्रस्तुत गरेका थिए। मोरङका चित्रकार पुष्प निरौलाले कोरेका विभिन्न साहित्यिक सर्जकहरुका आकर्षक रङ्गिन चित्रहरुपनि सो कार्यक्रममा प्रदर्शन गरिएको थियो। चित्रकार निरौला कविशिरोमणी लेखनाथ पौडयाल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धीचरण श्रेष्ठ, मोतीराम भट्ट, साहित्यकार पारिजात, नाटककार बालकृष्ण सम, गोपालप्रसाद रिमाल, भूपी शेरचन, राष्ट्रकवि माधवप्रसाद घिमिरेका हुबहू रङ्गीन चित्र रहेका थिए। वाचनालयका सल्लाहकार नवराज विकले आगामी एनआरएनएको अधिवेशनमा युवा संयोजकको उम्मेदवारीको विधिवत घोषणा समेत गरेका थिए।


आफ्नो विचार व्यक्त गर्नुहोस्


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस