अनुज उप्रेती /एचकेनेपाल डट कम-
बेलायतस्थित सम्पूर्ण नेपालीहरुको सबैभन्दा पुरानो प्रतिनिधिमूलक सामाजिक संस्था यती नेपाली एसोसियसन युकेको ५१ औं वार्षिक साधारण सभा तथा २६ औ कार्यसमिति निर्वाचन सम्पन्न भएको छ।
स्थानीय पार्क रोयलस्थित वेष्ट लण्डन कलेजमा बसेको संस्थाको ५१ औ वार्षिक साधारण सभामा २५ औ कार्यसमितिका अध्यक्ष डा. राधवप्रसाद धितालको सभापतित्व र उपाध्यक्ष मदन थापाको स्वागत अभिब्यक्तिबाट आरम्भ भएको सभामा सदस्य सचिव सुरेश जंग शाहले बिशेष प्रस्थितिमा गठन गरिएको २५ औ कार्यसमितिको अनुमोदनका लागि प्रस्ताब गर्नुभएपछि कर्तल ध्वनीका साथ सभाले अनुमोदन पारित गरेको थियो भने ततपस्चात सदस्य सचिव सुरेश जंग शाहबाट प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष बिजय थापाबाट तयार पारिएको आर्थिक एबम् बैंक स्टेटमेन्ट सहितको बुझबुजारत प्रतिवेदन कार्यकारिणी सदस्य कोमलप्रसाद श्रेष्ठ मल्लले छलफलका लागि प्रस्तुत गर्नुभएको थियो।
सभामा सहभागी सदस्यहरुले विगठित २३ औ कार्यसमितिद्वारा हालसम्म संस्थाको आय व्यय आर्थिक हरहिसाब र संस्थाका छाप,ब्यानर, प्रेसीडेन्सियल मेडेलियन, शिल्ड, चेक बुक, पास बुक, आतिथि पुस्तिकालगायतका जिन्सी सामानहरु नबुझाएको र अनेक ताकिताका बाबजुद पनि बुझाउने चासोसमेत नदेखाइ आलटाल मात्र गरिएको पृष्ठभूमिमा आर्थिक हरहिसाबवारे ब्यापक असन्तुष्टि व्यक्त गर्दै संस्थाको सम्पूर्ण नगदी तथा जिन्सी सम्पति २३ औ कार्यसमितिका पदाधीकारीहरुबाट अबिलम्ब असुल उपर गर्न नैतीक सामाजिक वा कानुनी प्रक्रियाहरु अपनाउन पनि पछि पर्न नहुने जोड छलफलमा बक्ताहरुले दिएका थिए।
यती संस्थालाई सवै संस्थाहरुलाई समेट्ने गरी फराकिलो ढाँचामा बिधान सम्सोधन गर्नु पर्ने राय सुझावहरु दिएका थिए यसरी बृहत् छलफलमा भाग लिने सहभागीहरुमा डा. भरत सिंम्खडा, डा चन्द्र लकजम्वा, सुमन खरेल, रि. मेजर डम्बर घले,सूर्य गुरुङ, शिवजी श्रेष्ठ, नरेन्द्र कंडेल,राजु थापा, भाग्य नारायण राय, शशी पौडेल, सुरेन्द्र श्रेष्ठ, महेन्द्र कंडेल, मिन प्रसाद गुरुङ, सुवसिं गुरुङ, दिलिप महासेठ, मुकुन्द सुनुवार, एल एन पाण्डे, अर्जुन बस्नेत, ठाकुर शर्मा, मिन बहादुर राना, शंकर दाहाल, कालजंग लामा आदि हुनुहुन्थ्यो।
सभाको दोस्रो चरणमा नवनिर्वाचित अध्यक्ष उमेश मोक्तानले सभामा व्यक्त भाबनाको आफूले उच्च कदर गर्ने र निर्देशनको पालना गर्दै संस्थाको सम्पति असुल उपर र समाजको सेवामा समर्पित रहने बचनबद्धता व्यक्त गर्नुभयो।
सभामा शुभ कामना अभिव्यक्ति दिनुहुँदै सभापतिको आसनबाट अध्यक्ष डा राधव प्रसाद धिताल(OBE), नेपाली साहित्य बिकास परिषदका अध्यक्ष हरि सिंह थापा, एनआरएन यूकेका उपाध्यक्ष महेन्द्र कंडेल, नेपाली क्याटरस एसोसियसनका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ, बरिष्ठ पत्रकार शशी पौडेल र बिशिष्ठ चुनाव पर्वेक्षकहरु डा. भरत सिंम्खडा, डा. चन्द्र लकजम्वा, सुमन खरेल, रि. मेजर डम्बर घले,सूर्य गुरुंग, शिवजी श्रेष्ठ, राजु थापा, नरेन्द्र कंडेल, भाग्य नारायण राय, मिन प्रसाद गुरुंग आदि वक्ताहरुले नयाँ कार्य समितिको सफलताको कामना र निर्वाचन शुद्धताका लागि निर्वाचन समितिको प्रशंसा गरेका थिए।
बेलायतस्थित सम्पूर्ण नेपालीहरुको सबैभन्दा पुरानो प्रतिनिधिमूलक सामाजिक संस्था यती नेपाली एसोसियसन युकेको लामो समयदेखि सम्पन्न हुन नसकेको निर्वाचन सम्पन्न भएकोमा सन्तोष व्यक्त गरिएको थियो।
यसअघि, निर्वाचन समितिमका संयोजक आशिष पन्त, सदस्य सचिव राजकुमार त्रिपाठी र सदस्य क्यापटेन आरएस श्रेष्ठद्वारा २६ औं कार्यसमितिको निर्बिरोध घोषणा गर्नुभएको थियो।
नवनिर्वाचित २६ औ कार्य समितिमा उमेश मोक्तान अध्यक्ष, दौलत राई बरिष्ठ उपाध्यक्ष, सुभास पोखरेल उपाध्यक्ष, शशिधर नेपाल महासचिव, महेश रेग्मी कोसाध्यक्ष, दिलिप महासेठ उपमहासचिव, शिव भण्डारी सामाजिक सचिव, सनम कुमार बैराग साँस्कृतिक सचिव, प्रकाश बिक्रम सिहं प्रकाशन सचिव, सन्तोष राई खेलकुद सचिव र सदस्यहरुमा श्रीमती आरती श्रेस्ठ, मुकुन्द सुनुवार, मनोस अन्जान थापा, मिनबहादुर रानाभाट,ठाकुर प्रसाद शर्मा हुनुहुन्छ।
बृहत छलफलपछि साधारण सभाले निम्न प्रस्तावहरु पारित गरेको थियो
(१) २३ औ कार्यसमितिबाट बुझ्नु पर्ने यती सँस्थाको सामाजिक सम्पति नगदी तथा जिन्सी २६ औ कार्यसमितिले अबिलम्ब असुल उपर गर्न निर्देशन र अधिकार प्रदत गरेको छ र २३ औ कार्यसमितीको कार्य शुद्ध र सन्तोषजनक नरहेको ठहर गरेको।
(२) यती सँस्थालाई सबै संघ सँस्थाको सहभागिता रहने गरी फराकिलो ढाँचा मा बनाउन विधान समंसोधन बिशेषज्ञ र समाबेशी सहभागिता रहेको एक सुझाब समिति गठन गर्ने निर्देशन गरेको छ।
(३) प्रस्तुत विगत ९ महिनाको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेको छ।
(४) साधारण सभाले निर्वाचन समिति, पर्वेक्षक समिति र वेष्ट लण्डन कलेज व्यवस्थापन र हग्री यती रेष्टुरेण्ट व्यवस्थापनमा कुशलतापूर्ण निर्वाचन सम्पन्न गराएको र सहयोग पुराएको प्रशंसा र धन्यवाद प्रस्ताव पारित गरेकोछ।
(५) पूर्व कोषाध्यक्ष बिजय थापालाई पर्न गएको मातृशोक, पूर्वउपाध्यक्ष धुब्र केसीमा पर्न गएको पितृशोक र पूर्वउपाध्यक्ष ईश्वर मानन्धरको निधनमा दु:ख व्यक्त गर्दै शोक प्रस्ताब पारित गरेकोछ।
समारोहमा अध्यक्ष डा. राधव प्रसाद धिताल(OBE) बाट प्रमाण पत्र तथा प्रशंसा पत्र र सपथ ग्रहण कार्य सम्पन्न भएको थियो।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस