एचकेनेपाल डट कम संवाददाता
गैरआवासीय नेपाली संघ (एनअारएन)ले प्रधानमन्त्री दैवी उद्धार कोषलाई ५० लाख रुपैयां सहयोग गरेको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेको नेतृत्वमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो तथा संघका पदाधिकारीहरु सम्मिलित एक प्रतिनिधि मण्डलले बुधवार मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई प्रधानमन्त्री दैवी उद्धार कोषको खातामा जम्मा हुने गरी पहिलो चरणमा उपलब्ध कुल ५० लाख रुपैंयाँका दुई चेक हस्तान्तरण गरेको हो।

गत जुन २१ देखि २३ सम्म स्वीजरल्याण्डको जुरीच शहरमा सम्पन्न छैठौं गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय वैठक तथा चौंथो युरोप क्षेत्रीय महिला वैठकले दार्चुला जिल्लालगायत विभिन्न स्थानमा गएको बाढी पहिरोका कारण हुन गएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितहरुको सहयोगार्थ रु. ६० लाख रुपैंया सहयोग प्रदान गर्ने निर्णय गरेको थियो।

संघका अध्यक्ष लामिछानेले सो अवसरमा गैरआवासीय नेपालीहरुलाई मतअधिकार,संघ दर्ता, गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपालीहरुका समसामयिक बिषयहरुमा प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका थिए।

मन्त्रीपरिषदका अध्यक्ष रेग्मीले नेपाल सरकार तथा बाढी पीडितहरुका तर्फबाट गैरआवासीय नेपाली संघलाई धन्यवाद दिंदै गैरआवासीय नेपालीहरुका सरोकारका बिषयहरुप्रति नेपाल सरकार सचेत र संवेदनशिल रहेको बताए। यस अवसरमा नेपाल सरकारका मूख्य सचिव लीलामणि पौड्यालको समेत उपस्थिति रहेको थियो।

संघका अध्यक्ष जीवा लामिछानेले सहयोग प्रदान गर्ने राष्ट्रिय समन्वय परिषद र त्यसै गरि व्यक्तिगत रुपमा सहयोग उपलब्ध गराउने संघ संस्था तथा गैरआवासीय नेपालीहरुलाई धन्यवाद व्यक्त गरेका थिए।


आफ्नो विचार व्यक्त गर्नुहोस्


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस