सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
नेपाली सँगीतमा लामो समयदेखि निरन्तर योगदान पुर्याए वापत सँगीतकार तथा प्राज्ञ शान्तिराम राईलाई नेपाल सरकारले हालै क्षेत्रीय प्रतिभा पुरस्कार २०७० द्वारा पुरस्कृत एवं सम्मानित गरेको छ।

२५ बर्षे आफ्नो साँगीतिक जीवनमा नेपाल सरकारद्धारा पहिलो पटक पुरस्कृत एवं सम्मानित हुन पाउँदा शान्तिराम राई निकै नै खुशी देखिए। उनले भने- ‘राष्ट्रलाई साँगीतिक क्षेत्रबाट निरन्तर सेवा गरेवापत ढिलै भएपनि सरकारको नजरमा पर्न सफल भएँ। नेपाल सरकारलाई धन्यवाद र मलाई यहाँसम्म आईपुग्न सदा सिर्जनशिल सुझाव, सल्लाह, प्रेरणा र हौसला प्रदान गर्नुहुने मेरा शुभचिन्तक, दर्शक, स्रोताहरुप्रति हार्दिक आभार प्रकट गर्दछु।’

नगद रु ५० हजारसहित ताम्रापत्रद्धारा विभूषित सँगीतकार तथा प्राज्ञ शान्तिराम राई आफ्नो निकै नै महत्वाकाँक्षी २१ औँ साँगीतिक एल्बम सम्झनाका तरेलीहरु यसै साता विमोचन गर्ने अन्तिम तयारीमा समेत जुटेकाछन्। जसका गीतकार डा.कविराज बान्तवा र दृप चाम्लिङ रहेकाछन् भने नेपालका चर्चित गायक गायिका अन्जु पन्त, स्वरुपराज आचार्य, उदय सोताङ र राजेशपायल राईको स्वर रहेको छ।


आफ्नो विचार व्यक्त गर्नुहोस्


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस