Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

माछापुच्छ्रे रनिङ कपको उपाधि कास्की परिवार ‘ए’ टिमलाई

सुरज गुरुङ / एचकेनेपाल डट कम-
द. कोरिया। माछापुच्छ्रे भलिवल रनिङ कप २०१३ को उपाधि कास्की परिवार ए टिमले जितेको छ। कास्की परिवार ए टिमले तनहूँ उद्धार सेवा समाजलाई २ ० को अन्तरले पराजित गर्दै माछापुच्छ्रे रनिङ कपलाई आफ्नो पोल्टामा पारेको हो।

महिला खेलतर्फ कास्की परिवार र मनाङ परिवारका महिला भलिबल टिमले भाग लिएको थियो भने उक्त खेलमा कास्की परिवारका महिला भलिबल टिम बिजेता र मनाङ परिवारका महिला भलिबल टिम उपबिजेता बनेका थिए। जुलाई १४ तारिख बिहानदेखि नै मुसलधारे वर्षा भएपनि खेलप्रेमी नेपाली दाजुभाई दिदीबहिनीहरुको उच्च उपस्थिति रहेको थियो।

राजदूत कमानसिंह लामाको प्रमुख आतिथ्य र परिवारका अध्यक्ष नविन गुरुङको अध्यक्षतामा सम्पन्न भलिबल प्रतियोगितामा पुरुष तर्फ १४ टिमले सहभागिता जनाएका थिए। सहभागी टिमहरुमा १. कास्की परिवार (बी), २.रुपन्देही सम्पर्क समिति, ३.गुल्मी सम्पर्क समिति, ४.सुदूर पश्चिम समाज, ५.एस. एम. टी., ६.खोटाङ सेवा समाज, ७.ब्ल्यु टीयर्स, ८.नेपाल मगर संघ, ९.कास्की परिवार (ए), १०.एम.टी.यु., ११.स्याङ्जा परिवार, १२.तनहुं उद्धार सेवा समाज, १३.म्याग्दी समाज समिति, १४.पर्वत सेवा समाज रहेका थिए।

फाईनलमा पुगेका तनहूँ उद्धार सेवा समाजले पहिलो चरणमा स्याङ्जा परिवारलाई क्वाटर फाईनलमा पर्वत प्रवासी समाजलाई र सेमीफाईनलमा गुल्मी सम्पर्क समितिलाई पराजित गर्दै फाईनलमा प्रवेस गरेको थियो । त्यस्तै कास्की परिवार (ए) टिमले पहिलो चरणमा एम.टी.यु.लाई क्वाटर फाईनलमा म्याग्दी समाज समितिलाई र सेमी फाईनलमा रुपन्देही सम्पर्क समितलाई पछि पार्दै फाईनलमा प्रवेस गरेको थियो । र फाईनलमा तनहुं उद्धार सेवा समाजलाई पराजित गर्दै उपाधी जिन्त सफल भएको थियो । कास्की परिवार (ए) टिमले सम्पूर्ण खेल सबै टिमलाई २–० ले पराजित गरेको थियो।

प्रतियोगितामा प्रथम टिमले माछापुच्छ्रे रनिङ कपसहित नगद पुरस्कार ११,००,००० वन, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो भने दोश्रो टिम तनहूँ उद्धार सेवा समाजले नगद पुरस्कार ७,००,००० वन मेडलसहित प्रमाण पत्र र गोला नतिजाको आधारमा तेश्रो हुन सफल रुपन्देही सम्पर्क समितिले नगद पुरस्कार ४,००,००० वन प्राप्त गरेको थियो।

गुल्मी सम्पर्क समितिले अनुशासित टिमको उपाधि पाएको थियो भने टिमले प्रमाण पत्र सहित १,००,०००वन नगद पुरस्कार रहेको खेल्कुद संयोज क्षेत्र गुरुङले जानकारी दिनु भएको छ। रनिङ कप २०१३ को उत्कृष्ट खेलाडी कास्की परिवार (ए) टिमका टिम क्याप्टेन शंकर गुरुङलाई घोषण गर्दै प्रमाण पत्र सहित नगद पुरस्कार १,००,०००वन प्रदान गरिएको थियो। म्यान अफ द म्याच बन्न सफल पहिलो सेमी फाईनल खेलबाट कास्की परिवार (ए) टिमका खेलाडी अनिल घमाल र दोश्रो सेमि फाईनल खेलबाट तनहूँ उद्धार सेवा समाजका खेलाडी मिन रानालाई नगद पुरस्कारसहित सम्मान गरेको थियो।

नेपाली खाना सेल रोटीको साथमा मिष्ठान र स्वादिलो भुटुवा, अचारको स्वादमा मनोरञ्जित र रोमाञ्चक भलिबल खेलाडीहरुको प्रतिस्पर्धात्मक भलिबल प्रतियोगितामा द.कोरियाको छेजुदोमा सम्पन्न तेक्वन्दो प्रतियोगितामा नेपाली प्रशिक्षक र मेडल प्राप्ता गर्न सफल खेलाडीहरु प्रशिक्षक धर्मेन्द्र बानिया अग्रहरी, खेलाडीहरु रविन अधिकारी, तारा पराजुली र कृष्ण श्रेष्ठलगायत खेलकुद तर्फबाट नेपाल र खेलकुद जगतलाई योगदान दिने खेलाडीहरु शंकर राना, रवि महर्जन, राजु क्षेत्री, गजेन्द्र बहादुर क्षेत्री, सुक्रमान तामाङ, नारायण मानन्धर, पंकज लामा, राकेश रन्जित, जनता कटुवाल, ईन्द्र बहादुर राना मगर, मदन गिरी, अनिल घमाल, युवराज पुन, शंकर गुरुङ, यादव कुंवरलाई प्रमाण पत्रसहित राजदूत कमानसिंह लामाको उपस्थितिमा सम्मान गरेको थियो।

सहारा क्लब पोखराले कास्की परिवार द. कोरियालाई कदर पत्र दिएकोमा कास्की परिवारबाट सहारा क्लव र सम्पूर्ण सहारा क्लव परिवारलाई धन्यवाद दिएको छ। सम्पूर्ण सहभागी संस्था वा टिमलगायत सहयोग गर्नुहुने सम्पूर्ण शुभ चिन्तकहरु, उपस्थित नेपाली दाजुभाई दिदीबहिनीहरुमा र विशेष गरि मनाङ परिवारलाई महिला भलिबल टिमलाई सहभागिता गराउनु भएकोमा कास्की परिवारले धन्यवाद दिएको थियो।

भाग्यशाली चिठ्ठाको नतिजा अनुसार प्रथम पुरस्कार चिठ्ठा नं. ११५ स्याङ्जाका होबिर थापालाई परेको थियो। रु. ५५,००० (अक्षरुपी नेपाली पच्पन्न हजार) प्रथम पुरस्कार सोही दिन थापाले बुझेका थिए। त्यस्तै गरि दोश्रो पुरस्कार चिठ्ठा नं. ८६९ कास्कीका सुन्दर गुरुङलाई परेको थियो। रु ३३,००० (अक्षरुपी नेपाली तेत्तिस हजार) गुरुङले पनि सोही दिन बुझेका थिए। तेश्रो पुरस्कार चिठ्ठा नं. ८११ मा रु. १३,००० (अक्षरुपी नेपाली ते¥ह हजार) चिठ्ठाको अर्ध कट्टीसहित पुरस्कार लिन आउन कास्की परिवारले आग्रह गरेको छ।


आफ्नो विचार व्यक्त गर्नुहोस्


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by