सुदर्शन रञ्जित/ एचकेनेपाल डट कम-
भलिवल खेलाडी सिपोरा गुरुङको नाममा अष्ट्रेलियामा भलिवल खेल आयोजना गरिने भएको छ । विभिन्न सातवटा टिमबिच प्रतिस्पर्धा हुने यो प्रतियोगिता सिड्नीमा आयोजना हुनेछ।

स्थानीय सातवटा समाजको आयोजनामा साउन १३ गते हुने प्रतियोगितामा छन्त्याल परिवार, तमु समाज, पोखरा समाज, म्याग्दी सेवा समाज, बाग्लुङ अष्ट्रेलिया समुदाय, थकाली समाज र मगर समाज सहभागि हुने संयोजक तथा तमुँ धिँ अष्ट्रेलियाका संस्थापक अध्यक्ष प्रेमकाजी गुरुङले जानकारी दिए।

प्रतियोगितामा महिलाको दुई र भेट्रानको दुई गरि चारवटा प्रदर्शन खेल समेत आयोजना हुनेछन्। प्रतियोगितामा संकलित रकम भलिवल खेलाडी गुरुङलाई प्रदान गरिनेछ। प्रतियोगितामा सहभागि हुने टिमले ३ सय अष्ट्रेलियान डलर शुल्क बुझाउनुपर्नेछ।

प्रतियोगितामा प्रथम हुने टिमले ३ सय अष्ट्रेलियन डलर रकमसहित शिल्ड पाउनेछन्। सोहि अवसरमा सिपोरा अभिनित घलेक दी साईन अफ लभ पनि प्रदर्शन गरिने संयोजक गुरुङले बताए। उक्त कार्यक्रममा सहभागि हुन गुरुङ केही दिनपछि अष्ट्रेलिया जाँदैछिन्।

नेपालको अन्तर्राष्ट्रिय प्रतियोगिता सबै भन्दा कम १३ वर्षको उमेरमा सन् २००६ को १० औं कोलम्बो सागमा राष्ट्रिय टोलीमा परेपछि सिपोरा गुरुङ चर्चामा आएकी हुन्। पोखराको फिस्टेल क्लवबाट खेल्ने उनी राजधानीमा सम्पन्न छन्त्याल कप भलिवलमा उनले एक पटक मोस्ट भ्यालुएबल प्लेयर र दुई पटक उत्कृष्ट, नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर पपुलर प्लेयर अफ द इयर २०६७ का विजेता पनि हुन्। १३ औं र १४ औं राष्ट्रिय भलिबलमा पश्चिमाञ्चललाई च्याम्पियन बनाउन तथा पाचौं राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चललाई स्वर्ण जिताउन पनि उनले भूमिका खेलेकी थिइन्। मिस नेपाल २०७० मिस टयालेन्टको उपाधि पनि प्राप्त गरेका थिए। हालै चर्चित टेलिभिज क्रार्यक्रम दिशानिर्देशका प्रस्तोता बिजय कुमारको अनुरोधमा ग्राण्डी हस्पिटलका डा. चत्र बहादुर पाण्डेले निशुल्क घुंडाको अपरेशन गरिदिएका थिए।

‘घलेक’ को भिआईपी शो सम्पन्न

फाइल तस्वीरः सुदर्शन रञ्जित, उमेश पुन, भुपाल गुरूङ /एचकेनेपाल डट कम


आफ्नो विचार व्यक्त गर्नुहोस्


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस