गोवर्धन पूजा/ एचकेनेपाल डट कम-
बोस्टन अमेरिका। वरिष्ठ साहित्यकार एवं संस्कृतविद तुलसी दिवसको अमेरिका भ्रमणको अवसर पारेर आइतबार साँझ बोस्टनमा उहांको एकल कविता बाचन कार्यक्रम ‘सिर्जना उत्सव’ गरिएको छ।
हिमालयन लायन्स क्लबले टिकेटमा आयोजना गरेको उक्त कार्यक्रममा दिवसले एक दर्जन कविता वाचन गर्नु भएको थियो। वाचन कलाका धनि दिवसलाई सुन्न बोस्टनका प्रतिनिधि साहित्यकारका साथमा यहाँ रहेका नेपालीको साझा ग्रेटर बोस्टन नेपलिज सोसाइटीका अध्यक्ष एवं प्रतिनिधिहरु, पशुपतिनाथ बुद्ध फाउन्डेशनका अध्यक्ष एवं प्रतिनिधिहरु तथा लायन्स क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा अमेरिका भ्रमणका क्रममा बोस्टन आइपुग्नुभएको वरिष्ठ साहित्यकार उषा शेरचनले साहित्यकार दिवसको कविता वाचन गर्नुका साथै उहांका बारेमा बोल्नु भएको थियो। यसैगरि बरिष्ठ साहित्यकार एवं उत्तर अमेरिका नेपाली साहित्य प्रतिष्ठानक अध्यक्ष बसन्त श्रेष्ठले दिवसको साहित्यिक व्यक्तित्वका बारेमा प्रकाश पर्नु भएको थियो भने वरिष्ठ साहित्यकार भारती गौतमले कवि दिवसप्रति समर्पित कविता सुनाएर माहौललाई भाव बिब्हल पार्नु भएको थियो।
साहित्यकार एवं हिमालयन लायन्स क्लबका संस्थापक अध्यक्ष महेश्वर पन्तले बोस्टनमा पहिलो पटक टिकेटमा कवि गोष्ठी गरेको जानकारी गराउदै लायन्स क्लबले एउटा इतिहास रचेकोमा हर्ष व्यक्त गर्नु भयो। हिमालयन लायन्स क्लबका सदस्य सचिव एवं कार्यक्रम संयोजक साहित्यकार गोवर्धन पूजाले दिवससंगको विगतका पलहरुलाई स्मरण गर्दै बोस्टनका साहित्यकार माझ उहांलाई परिचय गराउनु कार्यक्रमको उद्देश्य रहेको बताउनु भयो।
कार्यक्रमका सभापति एवं लायन्स क्लबका अध्यक्ष विष्णु कार्कीले तुलसी दिवसजस्ता साहित्यकारलाई क्लबले स्वागत गर्नु नेपाली साहित्यको सम्मान गर्नु हो भन्दै आगामी दिनमा पनि यस्ता साहित्यिक कार्यक्रम गर्ने प्रतिवद्धता जनाउदै कार्यक्रमबाट उठेको पाचसय अमेरिकी डलर साहित्यकार दिवसलाई प्रदान गर्नु भयो।
कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष लायन राम थापाले बासुरी र लायन महेश्वर पन्तले मादलको तालमा साहित्यकार दिवसको चर्चित लोकगीत कान्छी मट्याङ् ट्याङ्को धून प्रस्तुत गरेर स्वागत गर्नु भएको थियो भने द्वितीय उपाध्यक्ष सन्तोष सुबेदीले धन्यबाद ज्ञापन गर्नु भएको थियो।
मध्यरातसम्म तुलसी दिवस
बोस्टन, अमेरिका। वाचन कलाका धनि साहित्यकार तुलसी दिवसले आइतबार मध्यरातसम्म अमेरिकाको बोस्टनमा कविता सुनाएर श्रोतालाई मन्त्र मुग्ध पारे। २० डलरको टिकेट काटेर कार्यक्रममा दिवसलाई सुन्न पुगेका साहित्य प्रेमीले दिवसको कविता मात्रै सुनेनन् उनका प्रेम जीवन र पीडाका क्षणहरुलाई पनि नजीकबाट सुन्ने मौका पाए।
सम्भवतः नेपाली कविको कविता सुन्न अहिलेसम्मकै यो सबैभन्दा महँगो टिकेट शुल्क हो। हिमालयन लायन्स क्लबको आयोजनामा आयोजित सिर्जना उत्सब नाम दिइएको उक्त कार्यक्रममा कवि दिवसले कविताले जीवन बोकेको छ भने श्रोता र पाठकको कमि न हुने बताए। उनले करीब एक दर्जन कविता र कविता सम्बन्धी विचार सुनाउदा उपस्थित साहित्यप्रेमी मन्त्र मुग्ध थिए।
कार्यक्रमको मध्यान्तरमा साहित्यकार उषा शेरचनले दिवसको सम्मानमा मन्तव्य व्यक्त गर्दै दिवसकै एउटा कविता सुनाइन् भने भारती गौतमले कवि दिवसप्रति समर्पित कविता सुनाएर माहौललाई भाव बिब्हल बनाइन्।
उत्तर अमेरिका नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार बसन्त श्रेष्ठले दिवसका बारेका प्रकाश पारे भने महेश्वर पन्तले कार्यक्रमका बारेमा जानकारी गराए। आयोजक सस्थाका अध्यक्ष विष्णु कार्कीले यस किसिमको कार्यक्रमले विदेशमा पनि नेपाली साहित्यको महत्व बारे प्रचार गर्न सकिने बताउदै आगामी दिनमा पनि निरन्तरता दिने बताए।
साहित्यकार एवं कार्यक्रम संयोजक गोवर्धन पूजाले दिवससंगका बिगतलाई स्मरण गर्दै उनको दीर्घ काव्यिक जीवनको कामना गरे। कार्यक्रमका दिवसको चर्चित गीतलाई क्लबका प्रथम उपाध्यक्ष राम थापाले बासुरी र संस्थापक अध्यक्ष महेश्वर पन्तले मादलको धून निकालेर स्वागत गरेका थिए भने दितीय उपाध्यक्ष सन्तोष सुबेदीले धन्यबाद व्यक्त गरे।
कार्यक्रममा कवि दिवसको अमेरिका भ्रमणको सफलताको कामना गर्दै टिकेट बिक्रीबाट उठेको पांच सय अमेरिकी डलर प्रदान गरिएको थियो।
आफ्नो विचार व्यक्त गर्नुहोस्
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस